Comments Add Comment

विद्युत प्राधिकरण

List Grid
विद्युत प्राधिकरणको नाफा आधा घट्यो, चुहावट बढ्यो

१० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कामएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चुहावट बढ्दा नाफामा असर परेको बताए । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री […]

सेवाग्राहीबाट घुस लिएको आरोपमा विद्युत प्राधिकरणका चार कर्मचारी पक्राउ

१७ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत चार जना कर्मचारीहरुलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पाँचौं तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्टिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवलकिशोर राउत र दोस्रो तहका मनोहरकुमार महतोलाई अख्तियारको टोलीले पक्राउ […]

विद्युत प्राधिकरणको ध्यान ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनामा

१४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण पम्प स्टोरेज आयोजना पनि बनाउनतर्फ उन्मुख भएको भएको छ । खेर जाने पानीलाई जलाशयमा भरेर माथिल्लो भागमा रहेको जलाशयमा विद्युतीय पम्पमार्फत पठाएर बिजुली निकाल्न यस्तो आयोजना बनाइन्छ । प्राधिकरणले अहिले कास्कीको पोखरा महानगरस्थित बेगनास तालमा पम्प स्टोरेज आयोजना बनाउन सम्भाब्यता अध्ययन गरिरहेको छ । अब कुलेखानी जलविद्युत आयोजनामा […]

सिरुटारमा विद्युत प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

१३ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, ठिमी वितरण केन्द्रका तीनजना कर्मचारीमाथि दुर्व्यवहार भएको छ । ३१ महिनाभन्दा बढी विद्युत् उपभोग गरेर महसुल नतिरेको पाइएपछि लाइन काट्न जाँदा सिरुटारमा कर्मचारीमाथि दुर्व्यवहार भएको हो । ठिमीका मिटर रिडिङ सुपरभाइजर प्रमोद खड्काले अनलाइनखबरलाई बताएअनुसार रघु केसीको घरमा विद्युत् काट्न जाँदा कर्मचारी दावा ढकाल, कृष्णबहादुर सुवाल र गोविन्द […]

बिजुलीको माग व्यवस्थापनमा कहाँ चुक्दैछ प्राधिकरण ?

१५ पुस, काठमाडौं । चाबहिल, सरस्वतीनगर बस्ने पूर्वसचिव शारदाप्रसाद त्रितालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखे– अचेल सडक र सरकारमा रहेका नेताहरुले उफ्री–उफ्री ‘जनता’ शब्दको गीत गाउन थालेका छन् । तर, नेपाली जनता भने कुलमान घिसिङलाई मात्र सम्झिरहेछन् । उनले ४ वर्षसम्म उज्यालोमा राखेका हामी नेपाली जनता अहिले बारम्बार अँध्यारोमा बस्न बाध्य भइरहेको अवस्था ।’ उनले […]

विद्युत प्राधिकरणका सञ्चालकमा निजी आयोजनाका सञ्चालक !

३ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा भक्तबहादुर पुन र कपिल आचार्य नियुक्त भएका छन् । प्राधिकरणका सञ्चालक चेतराज जोशी र भक्तबहादुर पुनको ४ वर्षे कार्यकाल यसैसाता सकिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुनलाई दोहोर्‍याएको छ भने जोशीको ठाउँमा आचार्यलाई नियुक्त गरेको छ । आचार्य कम्पनी हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडका […]

इन्भर्टर र जेनेरेटरको ब्यापार बढ्दा व्यवसायी चकित

९ असोज, काठमाडौं । खुमलटारस्थित ललितपुर ऊर्जा विकास प्रालिका सञ्चालक राजन न्यौपाने पछिल्ला दुई साता इन्भर्टर र ब्याट्रीको ब्यापार देखेर चकित छन् । नहुन् पनि किन ? पछिल्ला केही वर्षहरुमा संस्थागत कार्यालयहरुमा टेन्डर हालेर व्यापार गर्दै आएको कम्पनीमा आजभोलि काउन्टरबाटै बिजनेस हुन थालेको छ । न्यौपानको अनुभवमा इन्भर्टर र ब्याट्रीको ब्यापार विगतको तुलनामा दोब्बर बढेको […]

मुलुककै ठूलो सबस्टेसनको निर्माण धमाधम, वर्षामा बिजुली बेच्न सकिने गरी तयार पारिँदै

८ जेठ, काठमाडौं । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपालमा बन्दाबन्दी(लकडाउन) छ । यस बीचमा पनि धनुषामा निर्माणाधीन ४००/२०० केभी  ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानलाई पूर्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण भइरहेको हो । आयोजनाको निर्माण अन्तिम […]

कुलमान घिसिङका दुई वर्ष : लोडसेडिङ हटाएँ, अब विकृति हटाउँछु

२ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले आफ्नो दुईवर्षे कार्यकाल सफल भएको बताएका छन् । अब बाँकी दुई वर्ष प्राधिकरणको आन्तरिक व्यवस्थापनमा सुधार गर्ने घिसिङको योजना छ । ‘विद्युत प्राधिकरणको जिम्मेवारी सम्हालेको यो दुई वर्षमा मैले जे जति काम अघि बढाउँछु भन्ने थियो, त्यो सोेचेअनुरुप नभए पनि सफलतापूर्वक नै भयो । […]

लोडसेडिङ हटाएँ, अब विकृति हटाउँछु- कुलमान घिसिङ

२ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले आफ्नो दुईवर्षे कार्यकाल सफल भएको बताएका छन् । अब बाँकी दुई वर्ष प्राधिकरणको आन्तरिक व्यवस्थापनमा सुधार गर्ने घिसिङको योजना छ । ‘विद्युत प्राधिकरणको जिम्मेवारी सम्हालेको यो दुई वर्षमा मैले जे जति काम अघि बढाउँछु भन्ने थियो, त्यो सोेचेअनुरुप नभए पनि सफलतापूर्वक नै भयो । […]

विद्युत काटिएर भरतपुरका अस्पताल हैरान

३० साउन, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले प्रदान गरेको हटलाइन (डेडिकेटेड फिडर) मा समस्या आउँदा यहाँका अस्पतालहरुले हैरानी भोग्न थालेका छन् । पछिल्लो समयमा अस्पतालहरुलाई दिइएको हटलाइन सेवा अनियमित बनेको छ । भरतपुर अस्पतालमा हटलाइन नै अनियमित हुँदा बिरामीको उपचारमा समस्या हुने गरेको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रविन खड्काले बताए । अत्यावश्कीय […]

चितवनमा छिनछिनमै विद्युत कटौती : व्यवसायी भन्छन् – बरु लोडसेडिङ गरिदेऊ

१९, जेठ, चितवन । चितवनमा पटक पटक विद्युत कटौती हुने, एक दुई मिनेटमा विद्युत जाने आउने समस्याले सर्वसाधारण र व्यवसायी हैरान भएका छन् । लोडसेडिङमुक्त घोषणा गरिए पनि पटक पटक बिना सूचना विद्युत कटौती हुने समस्या बढेको छ । छिनछिनमा विद्युत जाने, बिना सूचना लामो समय विद्युत नआउने हुनुभन्दा समय तोकेरै लोडसेडिङ गर्न व्यवसायीले प्राधिकरणलाई […]

गोरखामा विद्युत चोरी गर्ने ८२ जनालाई कारबाही

विकास मरहट्टा । ११ चैत्र, गोरखा । जिल्लामा बिद्युत चोरी गर्नेहरुलाई प्राधिकरणले कारबाही गर्न थालेको छ । चालु आर्थिक वर्षको चैत्रको दोस्रो हप्तासम्म बिद्युत चोरी गर्ने ८२ जनालाई कारबाही गरिएको नेपाल बिद्युत प्राधिकरण वितरण शाखा गोरखाले जनाएको छ । कारबाही स्वरुप उनीहरुबाट चार लाख भन्दा बढी राजश्व संकलन भएको छ । ‘हुकिङ गरेर बिद्युत चोरी […]

औद्योगिक करिडोरबाहेक देशका सबै क्षेत्र ‘लोडसेडिङमुक्त’

११ चैत, काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले औद्योगिक करिडोरबाहेक मुलुकका कुनै पनि स्थानमा विद्युत्भार कटौती नभएको बताएको छ । प्राविधिक समस्याका कारण विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने स्पष्ट पार्दै प्राधिकरणले विद्युत् आपूर्तिका हिसाबले कही कतै पनि समस्या नभएको जनाएको छ । काठमाडौँ उपत्यकालगायत मुलुकका कुनै पनि स्थानमा विद्युत् कटौती गर्नुपर्ने अवस्था नभएको जानकारी […]

तास खेल्ने विद्युत प्राधिकरणका कर्मचारीलाई कारवाही

२६ पुस, झापा । कार्यालयभित्रै तास खेलिरहेको अवस्था भेटिएका नेपाल विद्युत् प्राधिकरण वितरण शाखा, दमकका कर्मचारीलाई कारबाही गरिएको छ । उनीहरुलाई विभागीय कारबाही गरिएको कार्यालय प्रमुख सुरेन्द्रकुमार साहले जानकारी दिए । ज्यालामा काम गर्दै आएका होमबहादुर अधिकारी र हरिचन्द्र तिम्सिनालाई कामबाटै निकालिएको शाहले बताए । साथै, अन्यलाई स्पष्टीकरण सोधिएको छ । ‘उहाँहरुलाई विभागीय कारबाही गरिएको […]

कुलमानलाई सर्वोच्चको तगारो ! तीन सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

१३ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । साथै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोध गरेको भन्दै मन्त्रालयले ४ पुसमा सञ्चालक समिति सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई हटाएको […]

लोडसेडिङ हटाउन अवरोध गर्ने प्राधिकरणका तीन सञ्चालक बर्खास्त

४ पुस, काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुलाई सरकारले बर्खास्त गरेको छ । सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले हटाएको हो । कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालकत्रय अग्रवाल, मिश्र र लामिछानेले अवरोध गरेका थिए । उनीहरुलाई मन्त्रालयले स्पष्टिकरण सोधेको […]

‘तारमा आँखा नलगाउनोस् ! अरुणमा शेयर हाल्दिउँला’

९ मंसिर, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्मासँग ‘बिजुली-सम्वाद’ गर्ने उद्देश्यले अनलाइनखबरको टोली सिंहदरबार छिर्दा एकजना कर्मचारीले मन्त्रीलाई भनिरहेका थिए- ‘म मन्त्रीज्यूलाई मेरोबारेमा एउटा सानो बिन्ती बिसाउन आएको ।’ कर्मचारीको टिप्पा उडाउँदै मन्त्री शर्मा कड्किए -‘मलाई बिन्तीसिन्ती केही बिसाइरहनुपर्दैन । सरकारले अह्राएको ठाउँमा गएर काम नगर्ने र अटेर गर्ने ? तपाई मन्त्रीलाई समेत नटेर्ने ? जानोस्, […]

विद्युत प्राधिकरणमा ज्यालादारीका नाममा आन्दोलनको चेतावनी

८ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास असफल भएपछि ज्यालादारीका नाममा आन्दोलनको तयारी सुरु भएको छ । राजधानीमा लोडसेडिङ हटाएर जनतालाई राहत दिएका कुलमानलाई कार्यालय प्रवेशमा रोक लगाउनेे घोषणा यसअघि कांग्रेस र एमाले निकट कर्मचारी संघ र युनियनले गरेका थिए । त्यो प्रयास असफल भएपछि दैनिक ज्यालादारी […]

स्वास्थ्य केन्द्रको विद्युत काटिएपछि टर्च बालेर उपचार

३ असोज, काठमाडौं । विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै हेटौंडा अस्पतालसहित दुईवटा प्राथमिक स्वास्थ्य चौकीको विद्युत लाइन कटौती गरेपछि विरामीको उपचारमा समस्या भएको छ । प्राधिकरणले हेटौंडा अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र मनहरीको विद्युत लाइन काटेको हो । विद्युत लाइन काटिँदा प्रसुति सेवा प्रदान गर्न र रातको समयमा आकस्मिक बिरामीको […]

प्राधिकरण प्रमुख हटाउन प्रस्ताव

२२ भदौ, काठमडौं । उर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउन पहल उठाएको छ । मूल्यांकन समितिले गरेको मूल्यांकनउपर पुन मूल्यांकनका लागि मन्त्रिपरिषदले गत भदौ २ गते गठन गरेको स्वतन्त्र प्यानल गठन गरेको थियो । उक्त प्यानलले प्रस्ताव गरे बमोजिम प्रधानमन्त्री कार्यालयले गत साता उर्जा मन्त्रालयलाई पत्राचार गरेपछि उर्जाले […]