Comments Add Comment

शंकर पोखरेल

List Grid
डा. केसीविरुद्ध खनिए मुख्यमन्त्री पोखरेल

७ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको आलोचना गरेका छन् । डा. केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र कांग्रेसले केसीका मुद्दालाई साथ दिन नभई सरकारलाई असफल बनाउन आन्दोलन गरेको बताए । नयाँ सरकार गठन हुँदा मौन रहेको कांग्रेस दुई कम्युनिष्ट पार्टीबीच एकता भएपछि अब ५ वर्ष […]

मुख्यमन्त्रीको सुझावः खेलाडी छनोटको दायरा फराकिलो बनाऊ

३ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेलकुदमा उपलब्धी हासिल गर्न खेलाडी छनोटमा विशेष ध्यान दिनुपर्ने औंल्याएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रदेशस्तरीय अन्तरक्रिया र कार्यशालाको बिहीबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरलले अहिलेसम्म पदाधिकारी निकटका मान्छेका छोराछोरीलाई छनोट गर्ने परिपाटीले नेपालको फुटबल खेल पछाडि परेको बताए । फुटबल खेलाडी छनोट […]

केन्द्र सरकारलार्इ मुख्यमन्त्रीको सुझाव– प्रदेशमा समानान्तर संरचना नबनाऔं

३१ असार, बुटवल । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले प्रदेश सरकारको समानान्तर हुने गरी केन्द्रबाट संगठनात्मक संरचना निर्माण गर्न नहुने बताएका छन् । मुलुक संघीय संरचनामा गइसकेको तथ्यलाई मनन् नगरी संघले ऐन कानून बनाउँदा समस्या उत्पन्न भएको औंल्याए । संविधानले तीन तहको सरकारको व्यवस्था गरेको अवस्थामा प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिको […]

प्रदेश ५ को स्थायी राजधानीको टुंगो अर्को वर्ष

१४ जेठ, बुटवल । प्रदेश ५ को स्थायी राजधानीको टुंगो अर्काे वर्ष लाग्ने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले स्थायी राजधानीको टुंगो अर्को वर्षम मात्रै लाग्ने बताएका हुन् । प्रदेश सरकारका सय दिनका उपलब्धी जानकारी गराउन सोमबमार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानी तोक्ने कुरा पेचिलो विषय भएकाले हतार नगरिएको स्पष्ट पारे । […]

मुख्यमन्त्रीको आग्रहः शान देखाउन ठूला घर बनाउन छोड्नुस्

१३ चैत, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शान देखाउन ठूला घर बनाउनुको साटो उद्यममा लगानी गर्न आग्रह गरेका छन् । रुपन्देहीको मंगलापुरस्थित लुम्बिनी हेल्थ वाटर किङडमको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा पर्यटनका ठूला ठूला गफ मात्रै हुने गरेको तर पर्यटकीय पुर्वाधारमा पर्याप्त लगानी नभएको बताए । ‘भाषणले मात्रै पर्यटन प्रवर्द्धन हुंदैन’ […]

मुख्यमन्त्रीको गुनासोः आसन पाइयो, ‘शासन’ गर्न पाइएन

५ चैत, बुटवल । एमाले नेता शंकर पोखरेल केपी शर्मा ओली सरकारका सम्भावित मन्त्री थिए । तर, चुनाव अघि नै वाम गठबन्धनमा भावी मुख्यमन्त्रीमा सहमति जुटेपछि प्रदेशमा झरे । प्रदेश ५ मा वाम गठबन्धनको बहुमत पनि आयो र पूर्वसहमति अनुसार पोखरेल मुख्यमन्त्री पनि बनेका छन् । तर, प्रदेश सरकारका नाममा आसन पाएपनि ‘शासन’ गर्न नपाएको […]

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

२७ फागुन, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धि र […]

प्रदेश दौडाहामा विश्व बैंकः विराटनगरपछि बुटवल

२५ फागुन, बुटवल । नेपाल संघीयतामा गएसँगै विश्व बैंकको टोलीले प्रत्येक प्रदेशमा पुगेर लगानीका क्षेत्रबारे प्रदेश सरकारसँग छलफल सुरु गरेको छ । यसअघि प्रदेश १ को सरकारसँग टोलीले छलफल गरिसकेको छ भने शुक्रबार ५ नम्बर प्रदेश सरकारसँग विश्व बैंकको टोलीले राय सुझाव लिएको छ । विश्व बैंकले संघीय संरचनाअनुरुप प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर […]

मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने, स्थानीय तहका पदाधिकारीको तलब तोकियो

२१ फागुन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्रीले फागुन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । वाम गठवन्धनका तर्फबाट एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल मुख्यमन्त्री छन् । संविधानको धारा १६८ -४) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ । पोखरेल फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए […]

प्रदेश ५ मा ३ महानगर बनाउने मुख्यमन्त्री पोखरेलको योजना

२१ फागुन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभित्र ३ वटा महानगरपालिका बनाउने आफ्नो योजना रहेको बताएका छन् । बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभाको विधान सभामा उनले बुटवल र भैरहवा जोडेर एउटा, दाङ उपत्यकाका उपमहानगर तथा नगरपालिका समेटेर अर्को र नेपालगञ्ज, कोहलपुर बर्दियासहितको अर्को महानगरपालिका बनाउने योजना बनाएको बताएका हुन् । स्थानीय तहलाई नयाँ […]

प्रदेश ५ मा सरकार गठन प्रक्रिया सुरु, तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

२८ माघ, बुटवल । वाम गठबन्धनले प्रदेश ५ मा सरकार गठनका लागि आफ्नो दाबी पेश गरेका छन् । एमाले र माओवादी केन्द्रले आइतबार प्रदेश प्रमुख उमाकान्त झालाई एमाले प्रदेशसभा संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न अनुरोध गरेका छन् । एमाले संसदीय दलका नेता शंकर पोखरेल र माओवादी संसदीय दलका नेता कूलप्रसाद केसीसहित एमाले […]

प्रदेश ५ मा मुख्यमन्त्री नियुक्तिको तयारी, वाम गठबन्धनले आज दावी पेश गर्ने

२८ माघ, बुटवल । वाम गठबन्धनले प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने भएको छ । एमाले र माओवादीले बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गर्न लागेका हुन् । ‘प्रदेश प्रमुखसामू आज दाबी पेश गर्छौं’ पोखरेलले अनलाइनखबरसँग भने । एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति […]

पहिलो बैठकअघि नै मुख्यमन्त्री चयन गर्नुपर्ने शंकर पोखरेलको मत

१२ माघ, काठमाडौं । प्रदेश नम्बर ५ को मुख्यमन्त्री बन्न लागेका नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रदेश संसदको पहिलो बैठक बस्नुअघि सरकार गठन हुनुपर्ने बताएका छन् । एमाले संसदीय दलको नेता चयन भइसकेका पोखरेलले प्रदेश प्रमुखले मिति तोकेर मुख्यमन्त्रीका लागि आह्वान गर्नुपर्ने धारणा व्यक्त गरे । अनलाइनखबरसँग कुरा गर्दै पोखरेलले भने ‘सरकार गठन […]

‘पुरानो ह्याङ्ग त्यागौं, अस्थायी मुकामलाई स्थायी नबुझौं’

८ माघ, दाङ । देउवा सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवललाई तोकेलगत्तै दाङमा चर्को विरोध भयो । त्यही दाङका शंकर पोखरेल वामपन्थी गठबन्धनबाट मुख्यमन्त्री बन्ने तयारीमा छन् । सपथ लिएकै दिन एमाले नेता पोखरेल एमालेको प्रदेश ५ संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन् । भावी मुख्यमन्त्रीका रुपमा रहेका पोखरेलसँग प्रदेश राजधानी र प्रदेश […]

प्रदेश ५ः पोखरेल एमाले संसदीय दलको नेता चुनिए

७ माघ, बुटवल । नेकपा एमाले प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेल चुनिएका छन् । पोखरेल भावी मुख्यमन्त्री हुन् । उनलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादी सहमत भइसकेका छन् र यो प्रदेशमा वाम गठबन्धनको बहुमत छ । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले आइतबार बुटवलमा सपथ लिएका छन् । सपथ लगतै एमाले प्रदेशसभा संसदीय […]

लोकतन्त्रको चीरहरणको कांग्रेसी प्रयास र निर्वाचन आयोगमाथि प्रश्न

मंसिर १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनअन्तरगत प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचन परिणामसमेत निर्वाचन आयोगले घोषणा गरेको एकहप्ता बितिसकेको छ । तर, एउटै मतपत्रमा गरिएको समानुपातिकतर्फको मतपरिणाम भने आयोगले आजका दिनसम्म घोषणा गरेको छैन र कहिले घोषणा गर्ने हो, निश्चित जानकारी पनि छैन । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका तयार गर्दा निर्वाचनको सम्पूर्ण परिणाम पुष […]

प्रचण्डले मदन भण्डारीको ‘जबज’ स्वीकारेको दाबी

१४ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अघि बढिरहँदा दुई पार्टीका मार्गनिर्देशक सिद्धान्त के हुने भन्ने बहस सुरु भएको छ । यसैक्रममा मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) समेत बहसमा तानिएको छ । एमाले उपमहासचिव घनश्याम भुसालले जबज र माओवादको अध्याय सकिएको बताएका छन् भने् एमाले स्थायी कमिटी सदस्य एवं […]

‘केन्द्र सरकारमा मधेसवादी, मधेसमा वामपन्थीबीच सहकार्य हुन सक्छ’

१२ पुस, काठमाडौं । एउटै उम्मेदवार र एकै घोषणापत्रमा चुनाव लडेर बहुमत प्राप्त गरेका वामपन्थी गठबन्धनका ठूला घटक एमाले र माओवादीको पार्टी एकता प्रकरण अहिले सर्वाधिक चर्चामा छ । सरकार गठनमा भएको विलम्बसँगै एमाले र माओवादीबीच दुरी बढेको चर्चा पनि बजारमा चलिरहेको छ । झन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंमले एमालेले फोरमसँग मिलेर सरकार बनाउने […]

केन्द्र र प्रदेशको सरकार गठनपछि मात्रै पार्टी एकताः पोखरेल

२७ मंसिर, नेपालगञ्ज । नेकपा एमाले नेता तथा शंकर पोखे्रलले केन्द्र र प्रदेश सरकार गठनपछि मात्र पार्टी एकता हुने बताएका छन् । एउटै घोषणा पत्रमा चुनाव लडेको कारण सरकारको नीति तथा कार्यक्रमहरु एउटै हुने भन्दै उनले पहिला जनादेशको सम्मान अनि मात्र पार्टी एकता हुने बताए । नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पोखरलले भने, ‘छिटो भन्दा छिटो […]

दाङ क्षेत्र नम्बर २ ‘क’मा शंकर पोख्रेल विजयी

२३ मंसिर, दाङ । दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका पोखरेलले कांग्रेस उम्मेदवार कमल किशोर घिमिरेलाई ९ हजार ५४८ मतअन्तरले हराएका हुन् । जिल्ला निर्वाचन कार्यालय दाङको स्रोतले दिएको जानकारी अनुसार पोखरेलले २० हजार ७२३ मत पाएका छन् । […]

प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल

२१ मंसिर, दाङ । नेकपा एमालेका नेता शंकर पोखरेलले प्रदेश नम्बर पाँचको मुख्यमन्त्रीमा आफ्नो विकल्प नभएको बताएका छन् । दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री बनाउने औपचारिकता पूरा गर्न मात्र बाँकी रहेको बताए । दाङको घोराहीमा अनलाइनखबरसँग कुरा गर्दै नेता पोखरेलले भने, ‘प्रचण्डको प्रस्ताव र पार्टी अध्यक्ष केपी शर्मा ओलीको […]