Comments Add Comment

शंकर पोखरेल

List Grid
माधव नेपालसँग भेटेपछि शंकर पोखरेलले लेखे : तीन महिनाको मिहिनेत खेर गयो

३ साउन, काठमाडौं । नेकपा एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेताहरुले आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको छ । भेटका क्रममा नेता नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिए । माधव नेपालसँग भेटेपछि उनले फेसबुकमा लेखेका छन् ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको […]

लुम्बिनी–कर्णाली : अल्पमतको शासन, अध्यादेशबाट बजेट

१ साउन, काठमाडौं । लुम्बिनी र कर्णालीमा प्रदेशसभालाई छलेर अध्यादेशमार्फत बजेट ल्याइएको छ । लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभा छलेर अध्यादेशबाट बजेट ल्याइएको छ । तर कर्णालीमा भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अध्यादेश ल्याउनुको पछाडि सभामुखको असहयोग कारण देखाएका छन् । दुवै प्रदेशमा प्रदेशसभामा बजेट पेश भएको थियो । र पास नहुनुको […]

विपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्री पोखरेलको राजीनामा

१ साउन,  बुटवल । विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन् । संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पोखरेलको राजीनामा मागेका हुन् । बजेट पास गर्न नसक्ने अवस्था आएपछि बिहीबार प्रदेशसभा बैठक छाडेर हिंडेका मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्दै […]

लुम्बिनीको बजेट अनिर्णित, मुख्यमन्त्री नै बैठक छाडेर हिँडे

३१ असार, बुटवल । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ । अब शुक्रबारदेखि प्रदेश सरकारले राज्यकोषबाट एक रुपैयाँ पनि रकम खर्च गर्न पाउँदैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन सक्ने अनुमान छ । आर्थिक वर्ष ०७७/७८ को अन्तिम दिन बिहीबार मन्त्रीहरुका साथै मुख्यमन्त्री […]

पार्टी एकता आजभोलि नै टुंग्याउँछौं : शंकर पोखरेल

२५ असार, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी एकता आजभोलि नै टुंग्याउने बताएका छन् । कार्यदलको बैठकबाट बाहिरिएका पोखरेलले सहमतिको अधिकतम प्रयास भइरहेको बताए । ‘सहमतिको अधिकतम प्रयास गरिरहेका छौं । सम्भवतः आज भोलि नै टुंग्याउँछौं’, पोखरेलले भने । एमालेको एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

लुम्बिनी सरकार अल्पमतमा, मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने विपक्षीको माग

१८ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर […]

मुख्यमन्त्री पोखरेलको दाबी : सरकारलाई ४५ सांसदको समर्थन छ

३० जेठ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको बहुमत सदस्यको समर्थन आफू नेतृत्वको सरकारलाई रहेको दाबी गरेका छन् । विपक्षी दलहरुले मुख्यमन्त्रीले बहुमत गुमाएको भनी सिद्ध गर्न चुनौती दिइरहेका बेला आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले सरकारको पक्षमा नेकपा एमालेका ३९ जना र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन रहेको दाबी […]

बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन : मुख्यमन्त्री पोखरेल

२८ जेठ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् । प्रदेश सभाका विपक्षी चार दलले बहुमत गुमाइसकेको भन्दै राजीनामा मागिरहेका बेला पोखरेलले आफू अहिलेसम्म बहुमतमै रहेको दावी गरेका हुन् । जनता समाजवादी पार्टीले कारवाही गरेपछि पदमुक्त भएका चारजना मन्त्रीको सांसद पद सर्वोच्च अदालतको […]

लुम्बिनीका मुख्यमन्त्रीलाई विपक्षीको चुनौती : बहुमत देखाऊ, नभए राजीनामा देऊ

१९ जेठ, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत देखाउन चुनौती दिएका छन् । बुधबार सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा विपक्षी नेताहरु सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै बहुमत देखाउन वा राजीनामा दिन आग्रह गरेका […]

संकटको सन्निकटमा मुख्यमन्त्री पोखरेल, विपक्षीले मागे राजीनामा

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन परिणामले नेकपा एमाले नेतृत्वको प्रदेश सरकारलाई फेरि एक पटक समस्यामा पारेको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बेलामा प्रदेशसभाको अंकगणित मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा नरहेको उपनिर्वाचनको मत परिणामले देखाएको छ । सोमबार सम्पन्न निर्वाचन परिणाम अनुसार प्रदेश सभाका ८३ सांसदमध्ये सत्तापक्षका उम्मेदवारले जनता समाजवादी पार्टीका […]

राष्ट्रियसभा उपनिर्वाचनको संकेत : संकटको सन्निकटमा मुख्यमन्त्री पोखरेल

१७ जेठ, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पराजित हुँदा मुख्यमन्त्री शंकर पोखरेल समस्यामा परेका छन् । सोमबार भएको उपनिर्वाचन मत परिणामअनुसार खड्काले ८३ सदस्यीय प्रदेशसभाको केवल ४० मत पाए । नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेयले प्रदेशसभाका ४२ सदस्यको मत पाए भने एक मत बदर भएको छ । लुम्बिनी प्रदेशसभामा एमालेको ३८ […]

आचारसंहिता उल्लंघनमा मुख्यमन्त्री पोखरेललाई कारवाही गर्न माग

६ जेठ, बुटवल । राष्ट्रियसभा उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कारवाही गर्न माग गरिएको छ । मुख्यमन्त्री पोखरेलले निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै एमालेका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत मागेकाले उनलाई कारवाही गर्न माग गरिएको हो । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापालाई […]

मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षी दलको निर्णय

५ जेठ, बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो । प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त […]

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता, बहुमत सांसदको हस्ताक्षर

२६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो । यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा […]

लुम्बिनीमा विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र

२६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी यसअघि वैशाख ६ गते र आइतबार नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि […]

लुम्बिनीमा केसीलाई मुख्यमन्त्री नियुक्त गर्न ४ दलको माग

२३ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा दिन र नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै उनको नियुक्ति असंवैधानिक र अराजनीतिक भएको […]

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार, थप दुई मन्त्रीले लिए सपथ

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी मन्त्री नियुक्त भएका हुन् । पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको सपथ ग्रहण गरेकी हुन् । मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर […]

प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिताः मुख्यमन्त्री पोखरेल

२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पुनर्नियुक्ति विधानसम्मत रहेको दाबी गरेका छन् । प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रममा प्रदेश सभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिएको आरोपसमेत उनले लगाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत् मुख्यमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन् । विमला कुमारी खत्री फाल्गुन २३ को फैसलापछि एमालेको प्रदेशसभा […]

अल्पमतमा पर्दापर्दै नियुक्ति, प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमै बोलाएर शपथ

१९ वैशाख, बुटवल । अल्पमतमा पर्दापर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् । अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो । तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । त्यसयताका १२ घण्टामा लुम्बिनीको राजनीतिमा थुप्रै उतारचढाव आए र […]

लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति अनैतिक र असंवैधानिक : प्रचण्ड

१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुन: नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भनेका छन् । आइतबार बिहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रचण्डले पोखरेल अल्पमतमा रहेको भन्दै अल्पमतमा रहेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नु हास्यास्पद […]

मुख्यमन्त्रीमा पोखरेलको पुन: नियुक्ति घोर अलोकतान्त्रिक : देउवा

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुन:नियुक्तिलाई घोर अलोकतान्त्रिक प्रवृत्ति भन्दै विरोध जनाएका छन् । आइतबार विज्ञप्ति निकाल्दै उनले भनेका छन्, ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु […]