+
+
Shares

एमाले महासचिवको दाबी- रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाको पतन उदय जत्तिकै छिटो हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १५:३७

१५ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाको पतन उदय जत्तिकै छिटो हुने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा लामो समयको चुनौती नभएको बताएका हुन् । ‘यो शक्तिको जति छिटो उदय भएको छ, यसको पतन संभावना त्यति नै ज्यादा हुन्छ भन्ने बुझ्नुपर्छ । जति छिटो उदय, त्यति छिटो पतन,’ उनले भने ।

तर, एमालेले आफूबाट टाढिएका वर्ग र समुदायलाई जोड्ने काम छिटो गर्नुपर्ने बताए । उनले भने, ‘हामीले छिटो तयार गर्नुपर्छ । पार्टीबाट टाढिएका वर्ग र समुदायलाई पार्टीसँग जोड्ने काम गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?