+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कहिल्यै सत्कर्म नगरेको राजतन्त्र प्रेत बनेर दुःख दिइरहेको छ : शंकर पोखरेल

नेपाली राजतन्त्रको इतिहासमा पृथ्वीनारायण शाह र बहादुर शाहबाहेक अरू कसैले सत्कर्म नगरेका उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १७:०५

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रले नेपालमा कहिल्यै पनि सत्कर्म नगरेको बताएका हुन्  ।

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको वृहत् जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यसैको परिणाम आज पनि नेपाली जनताले भोगिरहनु परेको बताए ।

नेपाली राजतन्त्रको इतिहासमा पृथ्वीनारायण शाह र बहादुर शाहबाहेक अरू कसैले सत्कर्म नगरेका उनको भनाइ छ ।

‘गाउँघरमा एउटा भनाइ छ– मान्छेले सत्कर्म गरेको रहेनछ भने मरेपछि प्रेत बनेर दुःख दिन्छ, सत्कर्म गरेको रहेछ भने सजिलै स्वर्ग जान्छ, दुष्कर्म गरेको रहेछ भने प्रेत बनेर दुःख दिन्छ’ उनले भने, ‘नेपालको राजनीतिमा अढाइ सय वर्षसम्म शासन गरेको शाह वंशीय शासन सत्ताले सत्कर्म गरेको रहेनछ, त्यसैले प्रेत बनेर जनतालाई दुःख दिइरहेको छ, हामी त्यही प्रेत मन्छाउन आएका छौँ ।’

जनताले ल्याएको परिवर्तनका विरुद्ध प्रतिगामी सलबलाएकोले त्यसको खबरदारी गर्न एमाले सडकमा आउनु परेको पोखरेलले बताए ।

महासचिव पोखरेलले जनताले ल्याएका परिवर्तन अरू कसैले नबोके पनि एमाले एक्लैले भए पनि बोक्ने बताए ।

‘कर्णालीलाई अँध्यारोमा राख्नेहरू गणतन्त्रले के दियो भन्दछन्, गणतन्त्रले नुन खानको लागि हेलिकप्टर हेर्नुपर्ने कर्णालीवासीलाई घरघरमा नुन पुर्‍याइदियो, कर्णालीवासीलाई चामलको भात खाने बनायो, गाउँ गाउँमा मोटर बाटो पुर्‍यायो’ उनले प्रश्न गरे, ‘गणतन्त्रले दिएको परिवर्तन देख्न नसक्नेहरू, राजाको शासनकालमा कर्णाली कस्तो थियो ?’

महासचिव पोखरेलले गणतन्त्रले केही दिएन भन्नेहरूलाई गाउँ गाउँमा नाङ्गेझार बनाउनु पर्ने उनले बताए । देशका विकास सोचे जस्तो हुन नसकेको भए पनि राजा र मण्डलेहरूले ध्वस्त पारेको देश र अर्थतन्त्रलाई गणतन्त्रले अघि बढाउने काम सुरु गरिसकेको उनले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?