+
+
Shares

शंकर पोखरेल भन्छन्- देशको नेतृत्व गर्न अनुभव चाहिन्छ, त्यो एमालेसँग मात्रै छ

‘अहिलेजस्तो संकटको अवस्थामा राष्ट्रको नेतृत्व गर्न सक्षम र अनुभव चाहिन्छ,’ पोखरेलले भने, ‘त्यस्तो सक्षम र अनुभवी पार्टी एमाले मात्र हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते २१:०६

१२ फागुन, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको नेतृत्व गर्न अनुभव चाहिने दाबी गरेका छन् । मंगलबार घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको अवस्थामा देश चलाउने अनुभव एमालेसँग मात्रै रहेको दाबी गरेका हुन् ।

‘अहिलेजस्तो संकटको अवस्थामा राष्ट्रको नेतृत्व गर्न सक्षम र अनुभव चाहिन्छ,’ पोखरेलले भने, ‘त्यस्तो सक्षम र अनुभवी पार्टी एमाले मात्र हो ।’

दाङ-२ मा प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका महासचिव पोखरेलले विगतमा एमालेलाई जिताउन नसक्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि परेको बताए । ‘केन्द्रमा एमालेको  उपस्थिति राम्रो नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता पाउन सक्दैन । यो निर्वाचनमा एमालेले दाङको समृद्धिको नेतृत्व गर्छ,’ पोखरेलले भने ।

पोखरेलले दाङको पर्यटन प्रवर्द्धनतर्फ ध्यान दिँदै  बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?