+
+
Shares

दाङ-२ मा विपिन आचार्यको फराकिलो अग्रता, शंकर पोखरेल पछ्याउँदै

दाङ-२ मा ८२ हजार ६०० मत खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:३८

२२ फागुन, दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल निकै पछि परेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले फराकिलो मतान्तर कायम गरेका छन् ।

हालसम्म ३ हजार ९१५ मतगणना हुँदा रास्वपाका आचार्यले २ हजार ४२९ मत प्राप्त गरेका छन् । एमाले महासचिव पोखरेलले ५८३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ३८७ मत मात्रै प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले २१३ मत पाएका छन् ।

दाङ-२ मा ८२ हजार ६०० मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?