
फाइल तस्वीर
९ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी हमला भइरहेको टिप्पणी गरेका छन् ।
नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘हाम्रो पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी हमला भइरहेको अवस्थामा हामी छौं,’ महासचिव पोखरेलले भने, ‘…सामाजिक सञ्जालका माध्यमबाट नकारात्मकता फैलाउने प्रयास भइरहेको छ ।’
उनले पार्टीका आधिकारिक सूचनालाई सम्प्रेणण गरेर यो चुनौतीको सामना गनु नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
‘मलाई लाग्छ हाम्रो पार्टीपंक्ति एकताबद्ध रुपमा पार्टीका सहि सूचनालाई सम्प्रेषण गर्ने काम गर्यौं भने सहजै रुपमा चुनौती सामना गर्न सक्छौं,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4