
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानून मन्त्रालयको बहुविवाहलाई वैधता दिने मस्यौदालाई व्यक्ति विशेषको सोचको संज्ञा दिएका छन्।
- पोखरेलले मस्यौदामा समग्र सरकारको सहमति नरहेको र कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन नसक्ने उल्लेख गरेका छन्।
- उनले सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दु:खद पक्ष भएको बताएका छन्।
१८ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानून मन्त्रालयले तयार पारेको बहुविवाहलाई वैधता दिने सम्बन्धी व्यवस्थाको मस्यौदालाई व्यक्ति विशेषको सोचको संज्ञा दिएका छन् ।
मस्यौदाको आलोचना गर्दै उनले व्यक्ति विशेषको सोचलाई समग्र राज्यको भन्न नमिल्ने तर्क गरेका छन् ।
‘विशेष परिस्थिति’मा बहुविवाहलाई मान्यता दिने भन्दै कानून, न्या तथा संसदीय मामिला समितिले विद्यमान कानून नै संशोधन गर्ने तयारी गरेपछि यसको जनस्तरबाट समेत आलोचना भइरहेको छ ।
आइतबार फेसबुकमा लेख्दै सत्तारुढ दल एमालेका महासचिव पोखरेलले बहुविवाहलाई वैधता दिने कानूनको मस्यौदामा समग्र सरकारको सहमति नरहेको भन्दै बचाउ गरेका छन् ।
उनले लेखेका छन्, ‘कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन । सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दु:खद पक्ष हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4