Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको नवनिर्वाचित महासचिव शंकर पोख्रेलले पार्टी प्रतिगमनविरुद्ध एक ढिक्का भएर अघि बढ्ने बताएका छन्।
- पोख्रेलले लगातार दोस्रो कार्यकाल महासचिव बनेका छन् र उनले सुरेन्द्र पाण्डेलाई पराजित गरेका छन्।
- मतपरिणाम अनुसार पोख्रेलले १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन्।
३ पुस, काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित महासचिव शंकर पोख्रेलले पार्टी प्रतिगमनविरुद्ध एक ढिक्का भएर अघि बढ्ने बताएका छन् । केहीबेरअघि अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लगातार दोस्रो कार्यकाल महासचिव बनेका पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘अहिलेको प्रतिगमनविरुद्ध एमाले एक ढिक्का भएर अगाडि बढ्छ’ उनले भने ।
पोख्रेलले सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेलले १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4