
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाउन आग्रह गरेका छन्।
- पार्टीले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने र प्रतिगमनकारी हर्कतको विरोध गर्नुपर्ने महासचिव पोखरेलले बताएका हुन्।
- पार्टी एकता, जनपक्षीय जीवनशैली, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा लोकतान्त्रिक शक्तिसँग सहकार्यमा जोड दिन महासचिव पोखरेलले आग्रह गरेका छन्।
१ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधिलाई अघि बढाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका हुन् ।
मनन गर्नुपर्ने कुरा भन्दै उनले नयाँ पुस्ताको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंशको भने विरोध गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौं । त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौं,’ महासचिव पोखरेलले भनेका छन्, ‘नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ । जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ ।’
साथै, उनले जनपक्षीय जीवनशैली र आचरणमा जोड दिनुपर्ने पनि बताएका छन् ।
‘आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ,’ महासचिव पोखरेलले भनेका छन्, ‘लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ ।’
प्रतिक्रिया 4