+
+
Shares

एमालेले भन्यो : चुनावमा प्रतिस्पर्धा कांग्रेससँग हुन्छ, रास्वपा होइन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १३:३७

१६ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताएका छन् ।

एमालेको प्रतिस्पर्धा रास्वपासँग नभएको उनको भनाइ छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कांग्रेस देशको पुरानो पार्टी भएको र अहिले पनि कांग्रेस नै प्रतिस्पर्धी शक्ति रहेको बताएका हुन् ।

‘काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ । रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ’ उनले भने, ‘तर, त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ ।’

पोखरेलले रास्वपाले समानुपातिकतर्फ मत बढाउने विश्लेषण पनि सुनाए ।

‘अघिल्लो चुनावमा समानुपातिक हकमा सहरी क्षेत्रको मत रास्वपालाई धेरै गएको हो । अहिले घट्ने देखिन्छ । तर, प्रत्येक जिल्लामा केही न केही ल्याइहाल्छ, त्यसैले ग्रामिण क्षेत्रको मत बढ्ने आँकलन छ,’ महासचिव पोखरेलले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?