+
+
Shares

राजनीतिक दललाई निषेध स्वीकार्य हुँदैन : एमाले महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते ९:३३

३ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरुलाई कमजोर बनाएर वा निषेध गरेर लोकतन्त्र अघि बढ्न नसक्ने बताए ।

कुनै राजनीतिक दलका नीतिहरु मन परेनन् भने नयाँ राजनीतिक दल खोल्न मिल्ने भन्दै उनले नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता भएको जिकिर गरे ।

महासचिव पोखरेलले भने, ‘लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन । कुनै राजनीतिक दलका नीतिहरु मन परेनन् भने नयाँ राजनीतिक दलहरु खोल्न मिल्दछ । जुन राजनीतिक दलहरु नेतृत्वमा छन्, उनीहरुले नै एकाधिकार प्राप्त गर्दछन् भन्नेकुरा संविधानको मान्यता पनि होइन, हाम्रो कसैको आग्रह पनि होइन । नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता हो ।’

उनले थपे, ‘नेकपा एमालेले अघि सारेको भन्दा राम्रो नीति कसैले ल्याउन सक्छ भने ल्याउनका लागि संविधानले बाटो छेकेको छैन । नेपाली कांग्रेसले अघि सारेको नीति भन्दा राम्रो नीति ल्याउने सामर्थ्य कसैको छ भने संविधानले त्यो अधिकार कसैलाई रोकेको छैन । तर जनताका लागि आफ्ना नीति र योजना, कार्यक्रम अघि बढाइरहेका र बलिदानीपूर्ण गरेका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुन सक्दैन ।’

महासचिव पोखरेलले नव युवाहरुको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्रले लोकतन्त्रलाई कमजोर पार्ने काम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?