+
+

प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १७:०८

१६ पुस, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् ।

नेपालगञ्जमा आयोजित एक कार्यक्रममा पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिडेको बताए । ‘अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ’, महासचिव पोखरेलले भने ।

यसरी कमजोर पार्टीले बलिया शक्तिमाथि शासन गर्न खोजेकाले नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नु परेको उनले बताए ।

महासचिव पोखरेलले आगामी चुनावपछि कमजोर शक्तिको शासन अन्त्य हुने बताए । उनले एमालेले बहुमत ल्याउन दाबी पनि गरे ।

‘नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने कुरा नै अबको हाम्रो मिसन हो । एउटा पार्टीको सरकार नबनी देश बन्दैन’, पोखरेलले भने ।

महासचिव पोखरेलले सिंगो देश बलियो बनाउन क्षेत्रीय पार्टीमा मत विभाजन हुन नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?