+
+
WC Series
चितवन राइनोज 2025
153/4 (17.3)
VS
१५ बलमा १४ रन आवश्यक
कर्णाली याक्स 2025
166/3 (20)
Shares

शंकर पोखरेलको आरोप- वर्तमान सरकार द्वन्द्व बढाउन लागेको छ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १५:०५

२ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार संविधानलाई घाइते बनाएर खडा भएको आरोप लगाएका छन् । विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग पार्टी कार्यालय च्यासलमा भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य पनि नभएको र संविधान संशोधन गरेर पनि नबनेको भन्दै असंवैधानिक रहेको दाबी गरे ।

‘हाम्रा लागि अहिलेको सरकार कुनै संविधानले नचिलेनेका सरकार, संविधान घायल बनाएर खडा भएको सरकार हो । वास्तवमा संविधानले प्रधानमन्त्री नियुक्तिका लागि प्रतिनिधिसभाको सदस्य अनिवार्य भन्छ,’ पोखरेलले भने, ‘अहिलेको प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य पनि होइन र उहाँले संविधान संशोधन गरेर पनि गरिएको होइन । संविधानले उहाँलाई चिन्दैन ।’

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई पुनर्स्थापना गरेर मात्रै मुलुकलाई सहि दिशामा अघि बढाउन सकिने जिकिर गरे ।

‘संविधानले नचिन्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अवस्था छ । यो असंवैधानिक छ । सर्वोच्च अदालतको विगतको भर्टिकका आधारमा पनि पुनर्स्थापना अपरिहार्य छ । पुनर्स्थापनाबाटै मुलुकलाई सहि दिशामा अघि बढाउन सकिन्छ भन्ने मत हाम्रो पार्टीको छ,’ पोखरेलले भने ।

उनले २३ र २४ गतेको दुवै दिनको घटनामा सुनियोजित षडयन्त्र नै रहेछ भन्ने अहिले प्रमाणित हुँदै आएको पनि बताए ।

‘अर्कोतर्फ आन्दोलनमा आह्वानकर्ताले स्कुल ड्रेसमा किन आउन आह्वान गरे, र तीनै व्यक्तिमाथि किन प्रहार भयो भन्ने पनि रहस्य छ,’ पोखरेलको भनाइ छ ।

अहिलेको सरकार राजनीतिक दलहरूसँग खुलेर संवाद गर्न समेत तयार नभएको भन्दै आपत्ति जनाए ।

‘यो सरकार राजनीतिक दलसँग खुलेर संवाद पनि गर्न तयार छैन । राजनीतिक दलका नेताहरूसँग भेट्न पनि मन छैन भन्ने यो सरकार द्वन्द्व व्यवस्थापनको नैतिक जिम्मेवारी लिन सकिन्छ र ?,’ पोखरेलको आरोप छ, ‘यो सरकार द्वन्द्व बढाउनेतिर लागेको देखिन्छ । यो सरकारले मुलुकलाई प्रतिगमनतर्फ बढाउन सुनियोजित ढंगले अघि बढेको छ । हामीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने निष्कर्ष निकालेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?