+
+
Shares

प्रतिनिधिसभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल

शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारप्रमुख बनाउने र उनले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते २०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन्।
  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने र संसद् विघटन गर्ने सहमति जुटेको छ।
  • पोखरेलले सामाजिक सञ्जालमा \'त्यसैले सतर्क रहौं, खबरदारी गरौं\' लेखेका छन्।

२५ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् ।

शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारप्रमुख बनाउने र उनले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ ।

उक्त सहमतिलाई महासचिव पोखरेलले विडम्बनापूर्ण भनेका हुन् ।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरु अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?