+
+
Shares

सांसदको स्वकीय सचिवबारे शंकर पोखरेल : एआई र सूचना प्रविधिमा दक्ष व्यक्ति राख्नुपर्छ

उनले सांसदहरूले स्वकीय सचिव राख्दा व्यक्तिगत वा घरायसी कामका लागि नभई संसदीय जिम्मेवारी प्रभावकारी बनाउन सक्ने राजनीतिक चेत भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिवलाई घरायसी कामका लागि नभई संसदीय जिम्मेवारी प्रभावकारी बनाउने दक्ष व्यक्तिका रूपमा छनोट गर्नुपर्ने बताएका छन्।
  • पोखरेलले स्वकीय सचिव सूचना प्रविधिमा दक्ष र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न सक्ने राजनीतिक चेत भएको व्यक्ति हुनुपर्नेमा जोड दिएका छन्।
  • उनले पदीय मर्यादाक्रमभन्दा पनि विषयगत ज्ञान र दक्षताका आधारमा संसदमा नेतृत्व गर्ने अभ्यास विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

३ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिव घरायसी सहयोगीका रूपमा नभई संसदीय कामलाई प्रभावकारी बनाउने दक्ष व्यक्तिका रूपमा छनोट गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टीको संसदीय विभागको कार्यक्रममा बोल्दै पोखरेलले स्वकीय सचिव सूचना प्रविधिमा दक्ष र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न सक्ने हुनुपर्नेमा जोड दिए ।

उनले सांसदहरूले स्वकीय सचिव राख्दा व्यक्तिगत वा घरायसी कामका लागि नभई संसदीय जिम्मेवारी प्रभावकारी बनाउन सक्ने राजनीतिक चेत भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताए ।

सांसदको स्वकीय सचिव राख्नुलाई आवश्यक र स्वाभाविक रहेको बताउँदै उनले भने, ‘तर स्वकीय सचिव राख्ने क्रममा आफ्नो कामलाई प्रभावकारी बनाउने व्यक्ति रोज्नुपर्छ । घरायसी सहयोगी होइन, जसलाई रोज्छौं, ऊ सूचना प्रविधिमा दक्ष हुनुपर्छ वा एआईको तालिम लिएर त्यसको सदुपयोग गर्न सक्ने व्यक्ति हुनुपर्छ ।’

भर्चुअल दुनियाँको अन्तरसंघर्षमा एमाले पछाडि परेको टिप्पणी गर्दै उनले सूचना प्रविधि र डिजिटल माध्यमको महत्व बढिरहेकाले सोही अनुसारको स्वकीय सचिव राख्नुपर्ने सुझाव दिए । उनले संसदभित्र राखिने धारणा र गतिविधिलाई डिजिटल माध्यमबाट पनि प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए ।

सबै सांसदको रुचि र दक्षता एउटै नहुने भएकाले विषयवस्तुको ज्ञान र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट र नेतृत्व गर्ने अभ्यास विकास गर्नुपर्ने पनि पोखरेलले बताए ।

आफ्नो रुचि, दक्षता र ज्ञानको हिसाबले संसदमा बोल्न दिँदा प्रस्तुति प्रभावकारी बन्नसक्ने बताए । ‘पदीय मर्यादाक्रमलाई बिर्सिएर विषयवस्तुको ज्ञान, दक्षता र ज्ञानको आधारमा लिड गर्नुपर्ने अभ्यास गर्न सक्यौं भने प्रभावकारी हुनसक्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?