+
+
WC Series
कर्णाली याक्स 2025
140/1 (10.6)
VS
५४ बलमा १७ रन आवश्यक
लुम्बिनी लायन्स 2025
156/8 (20)
Shares

शंकर पोखरेलको आरोप- सरकार विध्वंशको जगमा बनेको हो, चुनाव गराउने बाटोमा छैन

‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १३:५८

६ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि जिकिर गरे ।

‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।’

साथै, उनले प्रहरीको मनोबल बढाउन र सक्षम बनाउने कुरामा सरकार असफल भएको बताए ।

‘जबसम्म प्रहरीलाई सक्षम र सबल बनाइँदैन, तबसम्म मुलुकमा शान्ति सुरक्षा हुन सक्दैन भन्ने कुरालाई सरकारले उपेक्षा गरिरहेको छ,’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?