+
+

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १६:००

४ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि एमालेले ढोका खुला नगरेको बताएका छन् ।

शुक्रबार एकीकृत समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी लगायतलाई पार्टी प्रवेश गराउँदै उनले माधव नेपाललाई एमालेले ढोका खुला नगरेको बताएका हुन् ।

‘हार्दिकतापूर्वक स्वागत गर्ने हो भने विश्वमणि होइन माधव नेपाल आउनुहुन्छ तर, हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौं,’ उनले भने ।

उनले अगाडि थपे, ‘तर उहाँले जुन गल्ती गर्नुभएको छ त्यो गल्तीबापत उहाँलाई स्वागत गर्ने पक्षमा एमाले छैन । त्यसैले उहाँले अरुलाई रोक्न खोज्नुभएको छ ।’ एमालेले सम्मान दियो भने माधव नेपाल एमालेमा तत्काल फर्कने उनको जिकिर छ ।

२० प्रतिशत केन्द्रीय सदस्य र जनप्रतिनिधिले पार्टी फुट्ने अध्यादेश ल्याउँदा पनि एमाले नसिद्धिएको भन्दै महासचिव पोखरेलले भने, ‘अध्यादेशले पार्टी बन्ने र सिद्धिने भन्ने होइन तर, अध्यादेश आयो भने पार्टी सिद्धिन्छ भन्ने त्रासपूर्ण मनोविज्ञानले पार्टी जोगिंदैन ।’

चुनावको घोषणा हुनासाथ नबन्ने पार्टीमा नेताहरू अडिएर बस्न नसक्ने महासचिव पोखरेलको जिकिर छ । ‘पार्टीमा भविष्य छैन भन्ने ठानेपछि नेता कार्यकर्ताले भविष्य खोज्छन्’ उनले भने, ‘इतिहास जहिले पनि शिक्षा र यात्रा लक्ष्यमा आधारित हुन्छ । इतिहासले मात्रै यात्रा अगाडि बढ्दैन ।’

नेता पोखरेलले अगाडि थपे, ‘भविष्यका प्रश्नमा केन्द्रित भएर अगाडि बढ्ने प्रयास गर्नुपर्छ । समाजवादी बिदा हुँदैछ, एमाले जनताको लागि स्वीकार्य हुँदैछ ।’

एकीकृत समाजवादीको प्रमुख नेतृत्व बाहेक अरुलाई एमालेको ढोका खुला रहेको उल्लेख गर्दै उनले भने, ‘दुर्घटनाको नायक नायक नै हुन्छ । साथ दिनेहरू सबै जिम्मेवार हुँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?