+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माधव नेपालले पार्टीलाई माओवादीमा विसर्जनका रुपमा अन्त्य गराए : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १६:३२

२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएर विसर्जन भएको जिकिर गरेका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियान घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

एमालेका मान्यतामा अडिग भएर बलियो पार्टी बनाउने संकल्पलाई ध्यान नदिइ माधव नेपालसहितका नेताहरूलाई पार्टीलाई माओवादीमा विसर्जन गराएको बताए ।

‘वास्वतमा माधव नेपालको नेतृत्वमा नेकपा एमालेका मान्यतामा अडिग रहेर बलियो पार्टी निर्माण गर्ने संकल्प आज माओवादी पार्टीमा विसर्जनका रुपमा अन्त्य भएको छ,’ पोखरेलको भनाइ छ ।

उनले राष्ट्रमाथि संकट परेको बेलामा सधैँ एमाले अघि बढेको बताए ।

‘हामीले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा हाम्रो पार्टी नेकपा एमाले जतिबेला राष्ट्रमाथि चुनौती उत्पन्न हुने गर्छ त्यतिबेला राष्ट्रलाई संकटबाट बाहिर निकाल्नका लागि अघि बढ्छ भन्ने कुरा इतिहासले पुष्टि गरेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?