+
+
WC Series
Won कर्णाली याक्स 2025
161/1 (12.2)
VS
Karnali won by 9 wickets
लुम्बिनी लायन्स 2025
156/8 (20)
Shares

अहिलेको परिवर्तन आतंक र हिंसाबाट भएको हो : शंकर पोखरेल

पोखरेलले भने, ‘यो परिवर्तन जनताको परिवर्तन जनताको परिवर्तन होइन, जनताको परिवर्तन हुन्थ्यो भने जनताको सहभागिता हुन्थ्यो । यो त आतंकद्वारा गरिएको परिवर्तन हो । हिंसाद्वारा गरिएको परिवर्तन हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १४:१५

६ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि भएको परिवर्तनलाई आतंक र हिंसाबाट भएको टिप्पणी गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा शनिबार भएको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘२३ र २४ गतेको दिन जति मानिसहरू सडकमा आएर विध्वंस मच्चाए, त्यसको चार गुणा धेरै मानिसहरू एकल आह्वानमा सडकमा आइसकेका छन्,’ पोखरेलले भने, ‘यो परिवर्तन जनताको परिवर्तन जनताको परिवर्तन होइन, जनताको परिवर्तन हुन्थ्यो भने जनताको सहभागिता हुन्थ्यो । यो त आतंकद्वारा गरिएको परिवर्तन हो । हिंसाद्वारा गरिएको परिवर्तन हो ।’

साथै, उनले राज्यविहीनताको जगमा भएको परिवर्तनका रुपमा यसलाई लिनुपर्ने बताए ।

‘त्यसअर्थमा यो जनताको परिवर्तन होइन । जनताको आन्दोलन होइन । षड्यन्त्रको जगमा मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने खालको काम भएको छ,’ पोखरेलले भने, ‘अब हामी मिलेर फेरि मुलुकलाई लोकतन्त्रको दिशामा लिएर जानुपर्नेछ ।’

उनले मुलुकलाई लोकतन्त्रको दिशामा अघि बढाउन सबै राजनीतिहरूलाई आह्वान पनि गरे ।

‘हामी त्यो बाटोमा अगाडि बढ्नका लागि नेपालका सबै राजनीतिक दलहरूलाई फेरि आह्वान गर्दछौं,’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?