+
+
Shares

अस्थिरताका लागि सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण मन नपराउनेहरूले भ्रम सिर्जना गरिरहेको बताएका छन्।
  • उनले हरेक दुई महिनामा सरकार ढल्ने हल्ला चलाइए पनि सरकार निरन्तर जारी रहेको स्पष्ट पारे।
  • पोखरेलले स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित देख्ने जमातले सोसल मिडियाको दुरुपयोग गरिरहेको बताए।

२९ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण मन नपराउनेहरू अहिले पनि सरकारको बारेमा भ्रम छरिरहेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीका सबै विभागहरूको संयुक्त छलफललाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले हरेक दुई महिनामा सरकार ढल्दैछ भन्ने भ्रम फिँजाउने काम भइरहेको भन्दै प्रधानमन्त्री र पार्टी नेतृत्वले सरकार नढल्ने भनेर स्पष्टीकरण दिइरहनुपरेको बताए ।

उनले वर्तमान समीकरण मन नपराउनेहरूले अहिलेको समीकरणका विरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेको बताए । स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित देख्ने जमातबाट यो काम भइरहेको उनको भनाइ थियो ।

महासचिव पोखरेलले भने, ‘हरेक दुई महिनामा प्रधानमन्त्री र पार्टीका सभापतिले भन्नुपरिरहेको छ, यो सरकार जारी रहन्छ । यो समीकरण मन नपराउनेहरूले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेकै छन् । यो चिजलाई हामीले बुझ्नुपर्दछ । हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला चलाइन्छ तर सरकार निरन्तर जारी छ । एक वर्ष हामीले गुजारीसक्यौँ । यो मुलुकमा स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित हुने जमात छ । उनीहरू निरन्तर रूपमा अस्थिरताका लागि सोसल मिडियाको दुरुपयोग गरिरहेका छन् ।’

महासचिव पोखरेलले प्रमुख पार्टीहरू सरकारमा गएपछि लोकतन्त्रले के दियो र गणतन्त्रले के दियो भन्ने अभियान चलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?