
५ साउन, काठमाडौं । नेकपा एमालेको पार्टी सदस्य संख्या २८ प्रतिशतले बढेको महासचिव शंकर पोखरेलले जनाएका छन् ।
केन्द्रीय कमिटी बैठकमा संगठनात्मक अवस्थाको जानकारी दिदै महासचिव पोखरेलले पार्टी सदस्य संख्या बढेको बताएका हुन् ।
संगठन विभाग सदस्य विशाल भट्टराईका अनुसार बढेको संख्या सहित अब एमालेको पार्टी सदस्य साढे ६ लाख पुगेको छ ।
एमालेले कूल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य लिएको छ । त्यसैअनुसार एकपछि अर्को मिसन चलाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4