+
+
Shares

विद्या भण्डारी भर्सेस एमाले भन्ने हल्लाको आयु सकियोः शंकर पोखरेल

राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य नबनाएर सम्मान गरेको पनि बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १६:५८

२१ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे गरिएको निर्णय देशको हितमा रहेको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य नबनाएर सम्मान गरेको पनि बताए ।

‘उहाँलई पार्टीको सदस्यको रुपमा होइन, देशकै सदाबहार अभिभावकका रुपमा रहनुपर्छ भन्ने एमालेको निष्कर्ष पार्टी, देश र उहाँको हितमा छ । यो सच्चाइलाई सबैले आत्मसाथ गर्नुपर्छ’ पोखरेलले भने ।

उनले पूर्वराष्ट्रपतिका विषयमा हुने नकारात्मक टिप्पणी कडाइका साथ रोक्नुपर्ने पनि बताए । पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिएर गरेको सम्मानलाई नकारात्मक रुपमा टिप्पणी गर्न नहुने पोखरेलले बताए ।

‘पूर्वराष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीप्रति जुन प्रकारका नकारात्मक टिकाटिप्पणीहरु आइराखेका छन्, त्यसलाई कडाइका साथ रोक्नुपर्छ । उहाँको सम्मान र गरिमामा आँच आउने कुनैपनि काम गर्नु हुन्न’, महासचिव पोखरेलले भने, ‘यही कुरालाई ध्यानमा राखेर नै पार्टीले राजनीतिक निर्णय लिएको हो ।’

महासचिव पोखरेलले पूर्वराष्ट्रपति भर्सेस एमाले भन्ने देखाउने हल्लाको आयु सकिएको पनि बताए । ‘केहीकेहीले पूर्वराष्ट्रपति भर्सेस पार्टी हो कि भन्ने देखाउन खोजे पनि त्यो हल्लाको आयू सकियो । पूर्वराष्ट्रपति भर्सेस पार्टी भन्ने छँदै थिएन, हुँदै होइन । तथ्यले नै यो कुरा पुष्टि गरिसकेको छ’, महासचिव पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?