+
+
Shares

एमाले महासचिव भन्छन्- निर्वाचनले एमालेविरुद्ध फैलाएका भ्रम चिर्ने मौका मिल्यो

‘मत माग्न आउँदा संघ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा रहँदा गरेका कामको बारेमा जानकारी गराउने र एमालेमाथि फैलाइएका गलत खालका भ्रम चिर्ने काम भएको छ,’ महासचिव पोखरेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १७:१७

११ फागुन, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनको मौका पारेर जनतामा जाँदा आफ्नो पार्टीविरुद्ध फैलाइएका भ्रम चिर्ने मौका मिलेको टिप्पणी गरेका छन् । दाङ-२ मा उम्मेदवार रहेका महासचिव पोखरेलले सोमबार मतदाता भेटघाटका क्रममा चुनावले भ्रम चिर्ने अवसर प्रदान गरेको बताएका हुन् ।

‘मत माग्न आउँदा संघ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा रहँदा गरेका कामको बारेमा जानकारी गराउने र एमालेमाथि फैलाइएका गलत खालका भ्रम चिर्ने काम भएको छ,’ महासचिव पोखरेलले भने ।

मतदाता भेटघाटका क्रममा घोराही उपमहानगरपालिका–६ को लालीगुराँस टोलमा पुग्दा पोखरेलले त्यहाँ निर्माण सुरु भएको सडक र सिँचाइको योजनाको निरीक्षणसमेत गरेका थिए । स्थानीयबासीले सो कामका लागि धन्यवाद दिँदै सडक ग्राभेल र कर्ल्भट निर्माण गर्न माग राखेका थिए ।

महासचिव पोखरेलले प्रचारका क्रममा स्थानीयले चुनावका बेला गरिएका बाचाहरू पूरा भएको दाबी गर्दै तिनै विकासका काम हेरेर मत दिन मतदातासँग आग्रह गरेका थिए ।

पोखरेलले बस्तीबस्ती, विभिन्न जातीय समुदाय, धार्मिक संस्था, किसानका घरमा पुगेर आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरिरहेका छन् । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?