+
+
Shares

एमाले भोलिन्टियर फोर्सका संयोजकको चेतावनी- हाम्रो झण्डा जलाउनेको चुनाव प्रचार रोक्छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १४:५६

११ फागुन, काठमाडौं । नेकपा एमालेले बनाएको नेशनल भोलिन्टियर फोर्सका संयोजक पुष्पराज श्रेष्ठले आफ्नो पार्टीको झण्डा जलाउने र तोड्ने काम भयो भने आफूहरू पनि चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

भ्mापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन् ।

‘यो सरकारलाई चुनौती दिन चाहन्छौं, हाम्रो झण्डा श्रमजिवी वर्गको झण्डा हो । हाम्रो झण्डा आस्थाको झण्डा हो । यसलाई जलाउने र तोड्ने काम भयो भने अझै पनि सच्चिएन भने यो देशमा सारा युवा, भोलिन्टियर शक्ति परिचालित भएर तपाईंहरूलाई पनि चुनाव प्रचारका हरेक ठाउँमा रोक लगाउनेछौं,’ उनले भने ।

उनले वर्तमान सरकार र प्रहरी प्रशासनले साना साना विषयमा पनि सुरक्षा दिन नसकेको भन्दै ध्यानाकर्षण गराए ।

‘हरेक ठाउँमा सानो सानो कुरामा पनि सुरक्षा दिन सकेको छैन । हाम्रो अस्ति भर्खरै पार्टीको झण्डा जलाउने काम भयो,’ श्रेष्ठले भने, ‘त्यसमा पनि यो प्रहरी प्रशासन र सरकार निरीह भएर बसेको हामीले देखेका छौं,’ श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?