News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रेस युनियनको महिला विभागले ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सबै राजनीतिक दलमा दबाब सिर्जना गर्नुपर्ने माग गरेको छ।
- वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नीति निर्माण र कार्यान्वयन तहमा महिलाको प्रभावकारी उपस्थिति हुनुपर्ने बताएका छन्।
- कांग्रेसकी नेतृ रमा कोइराला पौडेलले गाउँदेखि दूरदराजसम्मका महिलाको क्षमता उजागर गर्न सञ्चार जगतलाई आग्रह गरे।
२४ मंसिर, काठमाडौं । राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने सरोकारवालाहरुले माग गरेका छन् ।
बुधवार नेपाल प्रेस युनियनको महिला विभागले काठमाडौंमा आयोजना गरेको ‘राजनीतिमा लैङ्गिक विभेद र अबको निर्वाचनमा महिला सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो माग गरकेा हुन् ।
राज्यका सबै निर्णयकारी भूमिका ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सबै राजनीतिक दलमा आवद्ध महिलाहरु एकजुट भएर दबाब सिर्जना गर्नुपर्नेमा उनीहरुको जोड छ । महिलालाई चुनावी प्रचारको साधन र भान्सामा मात्रै सिमित राख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने उनीहरुको तर्क छ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले राजनीति लगायत राज्यका सबै निर्णयकारी तहमा महिलाको पर्याप्त सहभागिता सुनिश्चित भइनसकेको बताए ।
उनले नीति निर्माणको तहमा कम्तीमा पनि ५० प्रतिशत महिला सहभागि गराउन सबै राजनीतिक दलहरुमाथि दबाब सिर्जना गर्न आग्रह गरे। उनले क्षमता र दक्षता प्रश्तुत गर्ने वातावरण महिलाका लागि कठिन बनाइएको उल्लेख गर्दै महिलालाई अध्ययन तथा नेतृत्व विकासतर्फ प्रेरित गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
उनले भने, ‘राजनीतिक अभ्यासमा महिलाको भूमिकालाई केवल चुनावी प्रचारमा सीमित गर्ने अभ्यास कायमै छ । नीति निर्माण मात्र नभई नीति कार्यान्वयनको तहमा समेत महिलको प्रभावकारी उपस्थिति हुनुपर्छ।’
उनले महिला अधिकार र सहभागिताको विषयमा अक्षरमा समस्या नभएपनि व्यवहारमा भने ठीक उल्टो भएको आरोप लगाए । ‘नीति कार्यान्वयन गर्ने ठाउँमा समेत महिलाहरुको हस्तक्षेप हुनुपर्छ । नीति कार्यान्वयन भएन भने निर्माणको के अर्थ भयो त ? महिला अधिकार र सहभागिताको विषयमा अक्षरमा केही समस्या छैन । तर व्यवहारमा हेर्ने हो भने उल्टोपाल्टो छ ।’ उनले भने ।
उनले कानून र संविधान तह राजनीतिक दलहरुले महिलाहरुको लागि अवसर सिर्जना गर्न नसकेको भन्दै महिलाहरुले हस्तक्षेपकारी भुमिका खेल्नुपर्नेमा जोड दिए ।
यस्तै काग्रेसकी नेतृ रमा कोइराला पौडेलले सबै क्षेत्रमा रहेका महिलाहरुमा क्षमता भएको तथ्यलाई उजागर गर्न सञ्चार जगतलाई आग्रह गरिन् । उनले आफ्नो विद्यार्थी राजनीतिदेखि संसदीय राजनीतिमा पुग्दासम्मको अनुभव सुनाउँदै राजनीति शहरमुखी मात्र हुनुपर्छ भन्ने धारणा तोड्न जरुरी रहेको बताइन् ।
उनले भने, ‘गाउँदेखि दूरदराजमा समेत क्षमता भएका मान्छेहरु छन् भन्ने कुरा स्थापित गरिदिनुहोस् । शहरमा पढेकोसँग सबै हुने तर गाउँमा पढेकाहरुसँग केही हुदैन भन्ने खालको अवस्था रहेछ। अनि महिलाले विहे गरिसकेपछि घरभित्र अल्मलिनुपर्ने अवस्था अहिले पनि छ । यो बुझाइ तोडिनु जरूरी छ।’

कार्यक्रममा नेपाल प्रेस युनियनका सभापति शिव लम्सालले महिलाको उपस्थिति क्रमश बलियो बन्दै गएको भन्दै सुधारका लागि सबैपक्षको सहयोग रहने बताए ।
प्रतिक्रिया 4