+
+
Shares

राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : शंकर पोखरेल   

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १६:१५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले महासचिव शंकर पोखरेलले मुलुकको विकास र राजनीतिक स्थायित्व अहिलेको मुख्य आवश्यकता भएको कुरामा जोड दिएका छन् ।
  • पोखरेलले बितेका तीन दशकमा देशले भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे ।
  • वर्तमान सरकारको १०० बुँदे प्रतिबद्धताले जनतामा आशा पलाएको भन्दै उहाँले दलहरूलाई नयाँ पुस्ताको अपेक्षाअनुसार सुधार गर्दै अघि बढ्न आग्रह गरे ।

दाङ, २० साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र राजनीतिक स्थायित्व अहिलेको आवश्यकता भएको बताउँदै राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि हुन नहुनेमा जोड दिनुभएको छ ।

प्रेस चौतारीले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटमा उहाँले बितेका तीन दशकमा देशले भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगतिका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी निर्वाचन प्रणालीलगायत विविध क्षेत्रमा उपलब्धिको हासिल गरेको बताउँदै प्राप्त उपलब्धिको रक्षा हुनुपर्छ भन्नुभयो ।

देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन अपरिहार्य भएको विचार व्यक्त गर्दै महासचिव पोखरेलले राष्ट्रको उन्नतिका निम्ति वर्तमान सरकारले सार्वजनिक गरेका १०० बुँदे प्रतिबद्धताबाट जनतामा आशा पलाएको बताउनुभयो ।

महासचिव पोखरेलले सरकार र राजनीतिक दलहरूले नयाँ पुस्ताको अपेक्षाअनुसार आफूलाई निरन्तर सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “हामी पनि आफ्नो पार्टीलाई सुधार गर्दै अघि बढ्ने छौँ,” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?