+
+
Shares

सुनसरीका नागरिकलाई सरकारले अभिभावक छ भन्ने प्रत्याभूति गराउनुपर्छ : शंकर पोखरेल

बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा भएको उल्लेख गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले महासचिव शंकर पोखरेलले सुनसरीमा सरकारले अभिभावकको भूमिका निभाएको अनुभूति नागरिकले गर्नुपर्ने बताएका छन् ।
  • महासचिव पोखरेलले नागरिकको सुरक्षा साझा जिम्मेवारी भएको उल्लेख गर्दै सद्भाव कायम राख्न सबैको सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।
  • उनले भिड व्यवस्थापन र सुरक्षा निकायको मनोबल बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै यस्ता घटना हुनुको कारण पहिचान गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

१२ साउन, काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले सुनसरीका नागरिकका लागि सरकारले अभिभावको भूमिका खेलेको छ भन्ने प्रत्याभूति हुनुपर्ने बताएका छन् ।

बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा भएको उल्लेख गरे ।

उनले मुलुकमा सद्भाव कायम राख्नका लागि सबैको सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे ।

‘सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको छ भन्ने प्रत्याभूति हुनुपर्छ’ उनले भने । यस्ता घटनाहरू घट्नमा के कारण छन् भन्ने पनि पहिचान गर्नुपर्ने उनले बताए ।

‘सुरक्षा निकायको मनोबल गिरेका कारण यस्ता घटना हुन्छन् वा सुरक्षा निकायलाई भिड व्यवस्थापन गर्नसक्ने र नागरिकको ज्यान नजाने गरी ध्यान दिन जरुरी छ’ महासचिव पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?