+
+
Shares

शंकर पोखरेलसँग कांग्रेसबाट आलोपालो भिड्दै तीन दाजुभाइ

कांग्रेसले किरणकिशोर घिमिरेलाई टिकट दिएको छ । सरल स्वभावका पुराना नेता घिमिरे पहिलोपटक चुनाव लड्दैछन् ।

गिरिराज नेपाली गिरिराज नेपाली
२०८२ माघ ६ गते २१:३५

६ माघ, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको चुनावी क्षेत्र दाङ–२, मा यसपटक पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

गत चुनावमा पोखरेल तत्कालीन माओवादी केन्द्रकी नेता रेखा शर्मासँग पराजित भएका थिए । त्यो चुनावमा शर्मालाई कांग्रेसको समर्थन थियो ।

तर यसपटक दलहरूले अलग–अलग उम्मेदवारी दिएका छन् । एमालेबाट महासचिव पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य, रास्वपाबाट सहमहामन्त्री विपिन आचार्य उम्मेदवार छन् ।

कांग्रेसले किरणकिशोर घिमिरेलाई टिकट दिएको छ । सरल स्वभावका पुराना नेता घिमिरे पहिलोपटक चुनाव लड्दैछन् ।

तर घिमिरे उम्मेदवार बन्दा उनको परिवारबाट शंकर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्ने तेस्रो व्यक्ति बनेका छन् । २०५६ सालमा शंकरसँग किरणकिशोरका जेठो दाजु कृष्णकिशोर कांग्रेसबाट उम्मेदवार थिए ।

कृष्णकिशोरले शंकरलाई ठूलै मतान्तरले हराएका थिए । १९ हजार ७२ मत ल्याएर कृष्णकिशोरले चुनाव जित्दा शंकरले ११ हजार ६४७ मत पाएका थिए ।

२०६४ सालमा शंकरले प्रत्यक्ष तर्फ चुनाव लडेनन्, समानुपातिकमा बसे । त्यो चुनावमा एमालेबाट छबिलाल वली र कांग्रेसबाट अनिता देवकाटा उम्मेदवार थिए । तर चुनाव माओवादीका कृष्णबहादुर महराले जिते ।

२०७४ सालमा शंकर पोखरेल प्रदेश सभामा उठे । माओवादीको समर्थनमा शंकरले दाङ–२ (१) बाट पोखरेलले जित्दा कांग्रेससँग कमलकिशोर घिमिरे पराजित भएका थिए ।

पोखरेलले २० हजार ७२३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कमलकिशोरले ११ हजार १७२ मत पाएका थिए । उनी हालका कांग्रेस उम्मेदवार किरणकिशोरका साइलो दाजु हुन् ।

अर्थात् एउटै बा–आमाका तीन दाजुभाइले एमालेका पोखरेलसँग आलोपालो चुनाव लडिसकेका छन् । घिमिरे दाजुभाइका माइला मात्र चुनाव लड्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?