+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको हो : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १३:०३

२३ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एउटा पुस्ताले मात्र समाज चल्न नसक्ने बताएका छन् ।

भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले चार पुस्ताको संयोजनमा समाज चल्ने बताए ।

‘समाज चलाउने भनेको कुनै पुस्ताको लहडको विषय होइन । समाज चलाउने भनेको अनेक पुस्ताहरूको समायोजन हो । पूर्वीय सभ्यताले चार पुस्ता चाहिन्छ भन्छ,’, पोखरेलले भने ।

पोखरेलले नेपालको परम्परा खल्बल्याउन पश्चिमाले पुस्ता विभाजन गरिदिएको बताए ।

‘जेनजी हाम्रो परिचय होइन, कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘हाम्रो परम्परा खल्बल्याएर पुस्ता विभाजन गर्ने पश्चिमा रणनीति भन्ने बुझ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?