News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीको भीड व्यवस्थापन क्षमतामा प्रश्न उठाएका छन् ।
- उनले नेपाल प्रहरीले विगतमा लाखौंको जुलुस व्यवस्थापन गरेको तर जेनजी आन्दोलनमा १५/२० हजारको जुलुसमा १९/२० जनाको मानवीय क्षति हुनु असामान्य भएको बताए।
- पोखरेलले २३ र २४ गतेका घटनामा षडयन्त्र भएको र राज्य कमजोर बनाउने योजना प्रयोग भएको आरोप लगाए।
१३ कात्ति, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीको भूमिकालाई लिएर प्रश्न उठाएका छन् ।
‘२३ र २४ गतेको घटनाको सन्दर्भको कुरा गर्दा २३ गतेको घटनाका बारेमा १० हजार, १५ हजारको भीडको व्यवस्थापन गर्न नसक्ने अवस्थामा नेपाल प्रहरी हो र ?,’ बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
नेपाल प्रहरीको विगतको भूमिका स्मरण गर्दै उनले भने, ‘नेपाल प्रहरीले लाखौंको जुलुस व्यवस्थापन गर्ने क्षमता देखाएको छ विगतमा । र लाखौंको जुलुसमा बल प्रयोग गर्दा पनि क्षति कति हुने गर्दछ भने मुश्किलले एउटा घटनामा एक दुई जनाको मानवीय क्षति हुने गरेको हामीले विगतमा देखेका हौं ।’
तर, जेनजी आन्दोलनमा विगतको जस्तो नभएको प्रश्न उनले दोहोर्याए, ‘१५/२० हजारको जुलुसमा मानवीय क्षति १९/२० जना । यो नेपाल प्रहरीको भीड व्यवस्थापनमा आजसम्म भएका अभ्यासमा मिल्दछ ? त्यसअर्थमा त्यसमा षडयन्त्र छ भन्ने कुरालाई जबसम्म हामी खोज्ने प्रयत्न गर्दैनौं । तबसम्म २३ र २४ गतेका षडयन्त्रकारीहरू जसले राज्यलाई कमजोर बनाउने कामको योजना बनाए । त्यसलाई प्रयोग गरे, त्यसबाट हामी सदैव बेखबर हुन पुग्दछौं ।’
प्रतिक्रिया 4