
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताएका छन्।
- पोखरेलले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने कुरा उदेक लाग्दो भएको बताए।
- उनले नेपालमा राजनीतिक अस्थिरता चुनौती भएको र समस्या समाधान खोज्नुपर्ने बताए।
४ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो कुरा भएको बताए ।
लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री पाँचौँ पटक भए पनि देउवाले कुनै पनि कार्यकाल पूरा गर्न नपाएको उनले बताए ।
नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? भन्दै उनले प्रश्न गरे ।
राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्ने कुरा उचित नरहेको उनको भनाइ छ ।
नेपालको राजनीतिमा भएको समस्यामा प्रवेश गरेर समाधान खोज्नुपर्ने उनले बताए ।
पोखरेलले भने, ‘कहिले कहीँ कांग्रेसभित्रै बहस चलेको सुन्दछु म । उदेक लाग्दो छ । कांग्रेसकै एक जना महामन्त्रीले भनेको सुनेँ । शेरबहादुर दाइ कति पटक प्रधानमन्त्री हुने ? अब अरू मलाई दिनुपर्दछ । यो प्रधानमन्त्री भन्नेकुरा पालोको कुरा हो र ? विश्वासको कुरा हो । पार्टीको विश्वास र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ । यति कुरा त लोकतन्त्रमा बुझ्नुपर्यो नि ।’
पोखरेलले ध्रुवीकरण जरुरी छ भन्नेकुराको अर्थ साना दलहरूको अस्तित्व नामेट गर्न खोज्यो भन्न नहुने बताए ।
नेपालको चुनौती राजनीतिक अस्थिरता भएको उनले बताए ।
प्रतिक्रिया 4