+
+
Shares

एमालेले १५ गते आयोजना गर्ने ‘गणतन्त्र उत्सव’ कसैप्रति लक्षित छैन : शंकर पोखरेल

रासस रासस
२०८२ जेठ १३ गते २०:०१
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले १५ जेठमा मनाइने गणतन्त्र उत्सवलाई विरोध लक्षित नभएको बताए।
  • उनले गणतन्त्र नेपाली जनताको विजयको प्रतीक भएकाले उत्सव झाँकीसहित मनाउने बताए।
  • पोखरेलले लोकतन्त्र र गणतन्त्रको शिक्षा विद्यालय तहबाटै आवश्यक रहेको र एमालेले राष्ट्रिय स्वाधीनता र रक्षाका लागि लड्ने बताए।

१३ जेठ, काठमाडौं । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले यही जेठ १५ गते मनाउन लागिएको गणतन्त्र उत्सव कसैको विरोध लक्षित नभएको बताएका छन् । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टीका विभागका सदस्यहरुको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र नेपाली जनताको सबैभन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेको जानकारी दिए ।

‘जनताको बलिदानी सङ्घर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभूति दिलाउन पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेको हो’, उनले भने । महासचिव पोखरेलले गणतन्त्र–लोकतन्त्रको बारेमा विद्यालय तहको पाठ्यक्रममा राख्न आवश्यक रहेको बताए ।

उनले गणतन्त्रपछि जन्मिएका युवाले बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र–गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिन पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा लड्ने पार्टी एमाले भएका कारणसबैभन्दा बढी प्रहार एमालेमाथि नियोजित ढङ्गले भइरहेको उनको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?