+
+
Shares

पार्टी बलियो बनाउन आत्मसीक्षासहित एकता र अनुशासन अपरिहार्य : एमाले महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका चुनौती सामना गर्दै जनतासँगको सम्बन्ध पुनः बलियो बनाउन सकिने बताएका छन् ।
  • उनले पार्टी सुदृढ बनाउन खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य रहेको उल्लेख गरे ।
  • यी सबै कार्य संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुने उनले बताए ।

२२ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका चुनौति सामना गर्दै समाधान गर्न सकिने बताएका छन् । हाल जनतासँगको सम्बन्ध कमजोर भएको देखिए पनि पुन: बलियो बनाउन सकिनेमा उनी आशावादी देखिएका छन् ।

तर त्यसका लागि खुला आत्मसीक्षासहित एकता र अनुशासन अपरिहार्य रहेको उनको जोड छ ।

पार्टीभित्र नेतृत्व परिवर्तनको बहस भइरहेका बेला महासचिव पोखरेलले आज फेसबुकमा यी धारणा सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्, ‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ । समस्या छन्, समाधान गर्न सकिन्छ । निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको छ, त्यसलाई पुन: मजबुत बनाउन पनि सकिन्छ ।’

‘तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्विकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन् । यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्,’ महासचिव पोखरेलले थप लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?