News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय संगठन विभागद्वारा आयोजित दुई दिने कार्यशालाले पार्टी निर्माणका लागि १० बुँदे संकल्प गरेको छ ।
- कार्यशालाले ‘यो कार्यशाला एक संगठित सदस्यले न्युनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गर्दछ’ भन्ने नीति पारित गरेको छ ।
- देशभरका नेताहरू सहभागी कार्यशालामा प्रदेशगत रूपमा समूह निर्माण गरेर पार्टीको समीक्षा र निष्कर्ष प्रस्तुत गरिएको थियो ।
२१ जेठ, काठमाडौं । नेकपा एमालेले देशभरका नेताहरु बोलाएर १० बुँदे संकल्प गरेको छ ।
केन्द्रीय संगठन विभागको आयोजनामा राजधानीमा भएको दुई दिने कार्यशालाले पार्टी निर्माण गर्न १० बुँदे संकल्प गरेको छ । संकल्पमा पार्टी सदस्यता विस्तार, विज्ञान तथा प्रविधिको प्रयोग, युवा पुस्ताको आवद्धता बढाउने एजेण्डा समावेश छन् ।
‘यो कार्यशाला एक संगठित सदस्यले न्युनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गर्दछ,’ १० बुँदेमा भनिएको छ । प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार, पार्टी सदस्यता नवीकरणको अभियान टोलसम्म सञ्चालन गर्ने संकल्प कार्यशालाबाट गरिएको छ ।
गत निर्वाचनमा एमालेलाई मत दिने मतदाताहरुलाई पार्टीमा सक्रिय हुन आह्वान पनि गरिएको छ । जिल्ला इन्चार्ज, प्रदेश र जिल्ला अध्यक्ष, संगठन विभाग प्रमुख, जनसंगठनका अध्यक्ष र संगठन विभाग प्रमुख सहभागी कार्यशालाले पार्टीको समीक्षा समेत गरेको छ ।
प्रदेशगत रुपमा समूह निर्माण गरेर छलफल चलाइएको थियो । समूहगत छलफलको निष्कर्षलाई सुदूरपश्चिमबाट कृष्णप्रसाद जैशी, राजधानी प्रदेशबाट नारायण सिलवाल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलाबजंग शाह र मधेशबाट चन्द्रेश्वर मण्डलले कार्यशालामा प्रस्तुत गरेका थिए ।
कोशीबाट धनश्यामा खतिवडा, बागमतीबाट दावा दोर्जी लामा, सम्पर्क समन्वयबाट अशोक ठकुरी र जनसंगठन समूहबाट महाराज गुरुङले निष्कर्ष प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया 4