+
+
Shares

ओलीकै सामुन्ने विष्णु पौडेलले भने– समयानुकूल पार्टीमा व्यापक पुनर्गठन

‘समयानुकूल व्यापक पुनर्गठन गर्नुको विकल्प हामीसँग छैन,’ पौडेलले भनेका थिए, ‘त्यसअघि यो एक महिना हामी निर्मम समीक्षा गर्नेछौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावी पराजयको निर्मम समीक्षा गरी पार्टीको व्यापक पुनर्गठन गर्नुपर्ने बताए ।
  • उपाध्यक्ष पौडेलले पार्टी जोगाउन “समयानुकूल व्यापक पुनर्गठन गर्नुको विकल्प हामीसँग छैन” भन्दै पुनर्गठनको आवश्यकता औंल्याए ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेलको भनाइको प्रतिवाद गर्दै “समीक्षा भनेको बिथोल्न होइन, समीक्षा भनेको जग हँसाइ गर्नलाई होइन” भने ।

२० जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावी पराजयको निर्मम समीक्षा गर्नेगरी पार्टी अगाडि बढेको बताएका छन् ।

संगठन विभागले राजधानीमा गरेको कार्यक्रममा पौडेलले पार्टी सामान्य अवस्थामा नरहेको बताएका हुन् । ‘हामीबाट गल्ती भएको छ, गल्ती नभई धक्का खाइँदैन,’ पौडेलले भनेका थिए ।

अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता रहेको उक्त कार्यक्रममा पौडेलले गल्ती गर्नेहरूले सक्किनुपरेको उदाहरण नै प्रस्तुत गरेका थिए ।

‘सन् १९२० मा स्थापना भएको भारतीय कम्युनिस्ट पार्टीले दोस्रो विश्वयुद्ध पछि सही निर्णय लिन नसक्दा सक्किनुपर्‍यो,’ पौडेलले उदाहरण दिँदै भनेका थिए, ‘तर चिनियाँ कम्युनिस्ट पार्टी सफलतातिर बढ्यो ।’

एमालेलाई सक्किनुबाट बचाउन पुनर्गठन नै विकल्प भएको निष्कर्ष पौडेलले सुनाएका थिए ।

‘समयानुकूल व्यापक पुनर्गठन गर्नुको विकल्प हामीसँग छैन,’ पौडेलले भनेका थिए, ‘त्यसअघि यो एक महिना हामी निर्मम समीक्षा गर्नेछौं ।’

आफ्नै सामुन्ने पौडेलले गल्ती गरेकैले चुनावमा हार्नुपरेको निष्कर्ष सुनाएपछि अध्यक्ष केपी ओलीले प्रतिवाद गरेका थिए । ओलीले पार्टीले गरिरहेको समीक्षा पुनर्गठनका निम्ति नभएको प्रष्टोक्ति दिएका थिए ।

‘समीक्षा भनेको बिथोल्न होइन, समीक्षा भनेको जग हँसाइ गर्नलाई होइन,’ ओलीले भनेका थिए, ‘समीक्षा आन्तरिक कुरा हो, संघर्ष बाह्य कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?