News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल सरकारको रबरस्ट्याम्प बनेको आरोप लगाएका छन् ।
- अध्यक्ष ओलीले राष्ट्रपति पौडेलले संविधानको रक्षक र पालकको हैसियत विपरीत कार्य गर्दै जे कुरामा पनि हस्ताक्षर गरेको बताए ।
- उनले एकपछि अर्को कदम चालेर मुलुकमा लोकतन्त्र समाप्त पार्ने खेल भइरहेको टिप्पणी गरे ।
२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले राष्ट्रपति पौडेल सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप पनि लगाएका छन् ।
एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले राष्ट्रपतिले धमाधम गर्न नहुने काम गर्दै गएको बताए ।
‘प्रधानमन्त्री बन्न संविधान चाहिएन । संविधान विपरीत प्रतिनिधिसभा भंग हुन्छ । अनि सम्मानीत राष्ट्रपतिजी भन्नुहुन्छ, बडो जुक्तिले लोकतन्त्र बचाएँ भनेर,’ ओलीले भने, ‘अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबरस्ट्याम्प बनेर जुन चिज गर्न नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा । त्यो नगरेर जुन चिज नगर्न पर्ने हो त्यो गरेर जे मा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गरिरहनुभएको छ ।’
उनले बडो जुक्तिकै साथ एकपछि अर्को कदमबाट लोकतन्त्र सक्ने काम भइरहेको टिप्पणी पनि गरे ।
‘सम्मानित संस्थाको बारेमा मलाई बोल्न मन थिएन । तस वास्तवमै बडो जुक्तिका साथ लोकतन्त्र एकपछि अर्को कदमबाट सिध्याउने काम भएको छ । जुन कुरा नेकपा एमालेलाई मान्य छैन, मान्य हुन हुँदैन । नेकपा एमाले देश, जनता, लोकतन्त्र, शान्ति, सुशासनप्रति प्रतिबद्ध पार्टी हो,’ ओलीले भने ।
प्रतिक्रिया 4