+
+
Shares

कार्की आयोगलाई मैले बयान दिएको थिइनँ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले "मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो" भन्दै कार्की आयोगको दाबी खारेज गरे ।
  • उनले गत फागुन २१ को चुनावलाई पूर्वनिर्धारित नाटकको संज्ञा दिँदै चुनावी मत परिणाममाथि प्रश्न उठाएका छन् ।
  • चुनावी परिणाममा असन्तुष्टि रहे पनि आफूहरूले संसद्मा जिम्मेवार भूमिका निर्वाह गरिरहेको उनले बताए ।

२० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन् ।

असंवैधानिक सरकारले फसाउनका लागि आयोग बनाएको उनको आरोप छ । ‘मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो’ उनले एमालेको राष्ट्रिय कार्यशालामा बुधबार भने,’आयोगले मलाई प्रश्नपत्र पठाएको थियो । मैले म बयान दिन्नँ भनेर फिर्ता पठाइदिएँ । तर मैले बयान दिइनँ ।’

जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न सुशील कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गौरीबहादुर कार्की नेतृत्वमा आयोग गठन गरेको थियो । सो आयोगले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री पदमा रहेका ओलीलाई फौजदारी अभियोगमा कारबाही सिफारिस गरेको थियो । चुनावपछि गठन भएको बालेन नेतृत्वको सरकारले जाँचबुझ प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि चैत १४ गते ओली पक्राउ परेका थिए ।

फागुन २१ को चुनावमा एउटा पूर्वनिर्धारित नाटक भएको आरोप लगाएका छन् । चुनाव सकिएको करिब तीन महिनापछि उनले चुनावको परिणाममाथि प्रश्न उठाएका छन् ।

उनले जे जस्तो भए पनि अब चुनावी परिणामलाई स्वीकारेर संसद्मा भूमिका खेलिरहेको उल्लेख गरे ।

‘चुनाव नाटक तमासा हो । हामीले पहिलोपल्ट होइन । धेरै पटक चुनाव लडेका छौं । उम्मेदवारले अधिकांश मतदाता चिनेका छन् । खारेज भएको उम्मदवारको मत डबल आउने भनेको पूर्वनिर्धारित योजना अन्तर्गत हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?