+
+
Shares

चुनाव नाटक थियो, अरु दलहरुले साँच्चिकै हुन्छ ठाने : ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको निर्वाचनलाई तमासा र नाटक भनेका छन्। यो परिणाम पूर्वनिर्धारित भएको उनको भनाइ छ ।
  • चुनावपछि पहिलोपटक सार्वजनिक सम्बोधन गरेका ओलीले चुनावमा प्रयोग भएको मसीमाथि शंका गर्दै यसलाई छानबीनको विषय बनाउनुपर्ने बताए ।
  • गत २१ फागुनको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ बहुमत हासिल गर्दा एमाले तेस्रो भएको थियो ।

२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी नतिजा पहिले निर्धारित रहेको बताएका छन् ।

चुनावपछि पहिलोपटक सार्वजनिक सम्बोधन गरेका ओलीले चुनावलाई  ‘तमासा’ र ‘नाटक’ भनेका छन् ।

‘चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो । यो परिणाम पूर्वनिर्धारित परिणाम थियो,’ ओलीले भने, ‘यही परिणामका लागि चुनाव गराइएको थियो । हाम्रो पार्टीले यो कुरा बुझेको थियो, अरु पार्टीहरुले साँच्चिकै चुनाव हुन्छ ठाने ।’

ओलीले चुनावमा प्रयोग गरिएको मसीमाथि शंका गरे । यो छानबीनको विषय हुने उनले बताए ।

२१ फागुनको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत हासिल गर्दा एमाले तेस्रो भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?