News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट राष्ट्रघाती अभिव्यक्ति दिएको टिप्पणी गरे ।
- अध्यक्ष ओलीले प्रधानमन्त्रीको संसद्को व्यवहारलाई ‘बचपना’को संज्ञा दिँदै नेपालले भारतीय जमीन मिचेको भन्ने अभिव्यक्ति असत्य भएको बताए ।
- २० जेठमा आयोजित पार्टीको कार्यक्रममा उनले प्रधानमन्त्रीको सो कदम नेपाली जनतालाई हेप्नका लागि चालिएको दाबी गरे ।
२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट राष्ट्रघाती वचन बोलेको टिप्पणी गरेका छन् ।
एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
संसद्मा कुनै कार्यक्रम नै तय नभइ के का लागि र कसका लागि ? यो प्रश्न सोधिएको भन्ने ओलीको प्रश्न थियो ।
प्रधानमन्त्रीको व्यवहारलाई उनले ‘बचपना’को संज्ञा दिए ।
‘उहाँ (प्रधानमन्त्री)ले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतको जमिन मिचेको धेरै ठाउँमा छ भनेर भननुभयो,’ ओलीले भने, ‘असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुभयो । त्यो बोल्न हुँदैन थियो । कसको पक्षमा के का लागि बोलियो ?’
उनले नेपाली जनतालाई हेप्नका लागि यो भन्दा अरु ठाउँ नभएको टिप्पणी पनि गरे ।
‘प्रधानमन्त्री त्यस दिन न कार्यक्रम, न केही कार्यसूची, अचानक के का लागि सुनाएको ? नेपाली जनतालाई हेप्नका लागि यो ठाउँभन्दा अरु केही हुँदैन,’ ओलीले भनेका छन् ।
प्रतिक्रिया 4