
१९ पुस, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको ३७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले अनुशासित पार्टीले मात्रै देशको लक्ष्य प्राप्त गर्ने बताए ।
महासचिव पोखरेलले पार्टीमा बेरीहरूले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको पनि बताए । यस्तो बेलामा पार्टी निर्णयविरुद्ध जान उचित नहुने उनको भनाइ थियो ।
महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने पनि बताए । ‘देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ’, उनले भने ।
महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनबिना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने जिकिर गरे ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4