+
+

नेपाली शिक्षाले सामाजिक चुनौतीको सामना गर्न सक्दैन : पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते २१:४४

१५ पुस, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक चुनौतीको सामना गर्न नेपालको शिक्षा प्रणाली निकै कमजोर रहेको बताएका छन् । जागिरका लागि भने नेपालको शिक्षा व्यवस्था ठिक भएको उनको भनाइ छ ।

दाङको घोराही रझेनामा रहेको श्री माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले उत्पादनका लागि, व्यापार, व्यवसायलगायतका क्षेत्रको लागि नेपालको शिक्षा व्यवस्था कमजोर भएको बताएका हुन् ।

नेपालको शिक्षा व्यवस्थाले नेपालमा रहेको स्रोतसाधनलाई अधिक प्रयोग गरेर काम गर्न सक्ने बनाउन नसकेको भन्दै उनले पढेका युवाले जागिर मात्र खोज्दा र उद्यमशीलतामा नजोडिँदो देशको विकास हुन नसकेको धारणा राखे ।

अबको शिक्षाले युवालाई व्यावसायिक कृषिमा उन्मुख गराउनुपर्ने उनले सुझाव दिए । ‘अब हाम्रो शिक्षाव्यवस्था ज्ञानसँगै सीप सिक्ने खालको हुनुपर्दछ,’ पोखरेलले भने, ‘त्यो क्षमता बालबालिकालाई सुरुदेखि नै सिकाउन सक्नुपर्दछ, होइन भने हाम्रो मुलुक श्रम बेच्ने मुलुक मात्र हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?