२७ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना दलले शासन गर्ने कुरा लोकतन्त्रमा उचित नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग महासचिव पोखरेलले सान दलले शासन गर्ने परम्परागत अन्त्य गरिनुपर्ने बताए । ‘लोकतन्त्रमा सानो भएर शासन गर्ने कुरा उचित होइन, त्यो अन्त्य हुनुपर्छ’, पोखरेलले भने ।
तर म्याजिक नम्बर पायौं भन्दै साना दलले शासन गर्ने परम्परा देखिएको उनले बताए । आगामी चुनाव २०८४ बाट साना दलले शासन गर्ने परम्परा तोड्नेगी काम भइरहेको महासचिव पोखरेलले बताए ।
त्यो तयारी संविधान संशोधनबाटै हुने पोखरेलले बताएका छन् । ‘त्यो परिपाटीलाई चुनावबाट अन्त्य गर्ने हिसाबले हामीले संविधान र कानून सुधारका विषय अगाडि बढाएका हौ’, महासचिव पोखरेलले भने । उनले २०८४ को चुनाव अघि संविधान संशोधन हुने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4