+
+

ओली सरकार निराशालाई चिर्दै विकास-निर्माणमा तल्लीन छ : महासचिव पोखरेल

रासस रासस
२०८१ मंसिर १ गते १४:५२

१ मंसिर, भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास-निर्माणका काममा तल्लीन रहेको बताएका छन् ।

शनिबार एमाले सूर्यवनायक नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको दाबी गरे ।

‘एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेण्डा बाकेर हिंड्न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ,’ उनले भने ।

राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डोर्‍याउन धेरै समय नलाग्ने उल्लेख गर्दै उनले भने, ‘राज्य र जनता मिलेर देश बनाउनुपर्छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?