+
+
Shares

पाख्रीबासमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते ९:३०
फाइल तस्वीर

१२ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ४१ हजार ५२७ रुपैयाँ र एक बुक खुला तास समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पाख्रीबास नगरपालिका–४ स्थित डिपिन गौतमको घरको कोठामा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरी निरीक्षक रामप्रसाद खनालको कमान्डमा खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ११ जनालाई जिल्ला प्रशासन कार्यालय धनकुटाबाट जुवा खेल्न तथा सट्टेबाजी गर्न नहुने मुद्दामा पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?