Comments Add Comment

सिमेन्ट

List Grid
सिमेन्ट उत्पादन मागभन्दा बढी, कंक्रिट सडक बनाउन व्यवसायीको सुझाव

२९ साउन, काठमाडौं । सिमेन्टको उत्पादन मागभन्दा धेरै भएपछि नेपालका सिमेन्ट उद्योगी वैकल्पिक बजार खोज्न थालेका छन् । उद्योगीहरुका अनुसार आर्थिक वर्ष ०७७/७८ को अन्त्यसम्म नेपालमा खपतको तुलनामा दोब्बर सिमेन्ट उत्पादन हुनेछ । हालसम्म सञ्चालनमा आएका ४० नेपाली सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता एक करोड ५० लाख टन छ । अहिले एक करोड टन सिमेन्ट मात्र […]

चौतर्फी दबाबपछि उद्योगीले घटाए सिमेन्टको मूल्य

१५ माघ, काठमाडौं । उद्योगीले सिमेन्टको मूल्य घटाएका छन् । अस्वभाविक मूल्यवृद्धिप्रति सरकारले अनुगमनमा कडाई गरेपछि र चौतर्फी दबाब आएपछि उद्योगीले सिमेन्टको मूल्य घटाएका हुन् । पुनर्निर्माणको मूख्य सिजनमै उद्योगीले घर निर्माणका लागि अत्यावश्यक सिमेन्टको भाउ अस्वभाविक रुपमा बढाएका थिए । उद्योगीले १५ दिनकै अवधिमा पाँच पटकसम्म मूल्यवृद्धि गरेका थिए । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता […]

१५ दिनमै पाँचपटक बढ्यो सिमेन्ट र छडको मूल्य

८ माघ, काठमाडौं । तपाई सिमेन्ट र छड प्रयोग गरेर घर बनाउँदै हुनुहुन्छ ? या बनाउने तयारी गर्दै हुनुहुन्छ ? यस्तो तयारीमा हुनुहुन्छ भने अब तपाईको लागत बढ्ने र आर्थिक जोहो गर्नुपर्ने छ । किनभने, निर्माण व्यवसायीहरूले १५ दिनकै अवधिमा पाँच पटकसम्म मूल्यवृद्धि गरेको पाइएको छ । मूल्यवृद्धिसँगै नयाँ घर बनाउने तयारीमा रहेकाहरु मारमा परेका […]

१४ अर्ब भित्र्याउन चिनियाँ कम्पनीसँग सम्झौता गर्दै लगानी बोर्ड

११ पुस, काठमाडौं । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको चिनियाँ कम्पनी हुवाजिनसँग लगानी बोर्डले आयोजना लगानी सम्झौता (पीआईए)को प्रक्रिया अगाडि बढाएको छ । खानी विभागले १२ मंसिरमा हुवाजिनलाई खानी उपलब्ध गराएसँगै बोर्डले लगानी सम्झौताको प्रक्रिया थालेको हो । उक्त कम्पनीले लामो समयदेखि अपेक्षाअनुसारको खानी पाउन सकेको थिएन । सोही कारण लगानी सम्झौता रोकिँदै आएको […]

आर्थिक समाचार: सिमेन्टका कारण मेलम्चीमा ढिलाइ

२१ वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले सिमेन्ट आपूर्तिमा समस्या भएको भन्दै मेलम्ची खानेपानी आयोजना समयमै पूर्ण नहुने अवस्था सिर्जना भएको जनाएको छ । भारतीय सिमेन्ट आयातमा उद्योग मन्त्रालयले कडाइ गरेको भन्दै त्यसले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित हुने देखिएको नयाँ पत्रिका दैनिकले लेखेको छ । आयल निगमले नै तेल ठगेको पुष्टिलाई […]

अर्घाखाँची सिमेन्टको क्षमता डेढ वर्षभित्र दैनिक ६० हजार बोरा पुर्‍याइँदै, ४ अर्ब लगानी थपिने

५ असार, काठमाडौं । अर्घाखाँची सिमेन्ट उद्योगले क्षमता विस्तार गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने भएको छ । कम्पनीले यो लक्ष्य डेढ वर्षभित्र पुरा गर्ने संकल्प गरेको छ । अहिले यो उद्योगले दैनिक २४ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगको क्षमता विस्तारमा ४ अर्ब रुपैयाँ लगानी गर्ने कम्पनीका निर्देशक पशुपति […]

भैरहवा क्षेत्रमै उत्पादन हुन्छ ४० प्रतिशत सिमेन्ट

४ जेठ, काठमाडौं । पश्चिम क्षेत्रको औद्योगिक नगर भैरहवा सिमेन्ट उद्योगहरुको ‘हब’ बनेको छ । नेपालका ठूला सिमेन्ट उद्योगहरु भैरहवाको लुम्बिनी औद्योगिक करिडोरमा सञ्चालित छन् । नेपाली सिमेन्ट बजारमा भैरहवाका उद्योगहरुको हिस्सा करिव करिव ४० प्रतिशत रहेको छ । अहिले भैरहवामा ११ वटा सिमेन्ट उद्योगहरु रहेका छन् । यी उद्योगबाट दैनिक रुपमा झण्डै एक लाख […]