+
+

निर्माण सिजनमै बढ्यो सिमेन्ट र छड भाउ

निर्माणको यसै याममा निर्माण सामग्री उत्पादकले भने मौकाको फाइदा उठाउँदै भाउ बढाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते २१:३७
फाइल तस्वीर

२१ मंसिर, काठमाडौं । सरकारले पूँजीगत खर्च गर्ने याम सुरु भएको छ । हिउँद याममा आम सर्वसाधारणले समेत आफ्नो निजी संरचना बनाउन थाल्छन् ।

निर्माणको यसै याममा निर्माण सामग्री उत्पादकले भने मौकाको फाइदा उठाउँदै भाउ बढाएका छन् । नेपाल निर्माण सामग्री व्यापार संघका वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपानेका अनुसार अहिले सिमेन्टमा औसत डेढ सय रुपैयाँ प्रतिबोरासम्म भाउ बढेको छ । त्यस्तै रडमा प्रतिकिलो १५ रुपैयाँसम्म बढेको छ ।

‘दुई साता अगाडि ९६/९७ रुपैयाँमा बिक्री भइरहेको रडको भाउ अहिले प्रतिकिलो ११० रुपैयाँ पुगिसकेको छ’ उनले भने । इँटा र गिट्टी–बालुवामा भने मूल्य स्थिर रहेको उनले बताए । अहिले काठमाडौंमा ए ग्रेडको इँटा १६/१७ रुपैयाँ प्रतिगोटासम्म उपलब्ध छ ।

गिट्टी–बालुवा प्रतिटिपर २६/२७ हजार रुपैयाँसम्म रहेको छ । यसको मूल्य स्थिर रहे पनि सिमेन्ट र रडको मूल्य बढ्दा उपभोक्ता बढी मारमा परेको उनको भनाइ छ ।

उत्पादकले कुनै ठोस कारण विना बढाएको मूल्य फिर्ता लिन नेपाल निर्माण व्यवसायी महासंघले आग्रह गरेको छ । बढेको मूल्य फिर्ता नलिए निर्माण काम नै ठप्प पार्नेसम्मको चेतावनी महासंघको छ ।

महासंघका महासचिव रोशन दाहालका अनुसार निर्माणको काम हुने सिजनमै सीमित सिमेन्ट उद्योगीले मूल्यवृद्धिसँगै उत्पादन समेत कटौती गरेका छन् ।

खुला बजार अर्थतन्त्रको नीति विपरीत निर्माण सामग्रीको भाउ बढाइएको उनको भनाइ छ । महासंघले मूल्यवृद्धि खारेज नगरे देशभरि निर्माण काम नै ठप्प पार्ने चेतावनी यसअघि दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?