+
+

सिमेन्टको मूल्यमा कार्टेलिङ भयो : निर्माण व्यवसायी महासंघ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १७:३७

१ पुस, काठमाडौं । उद्योगीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरेको नेपाल निर्माण व्यवसायी महासंघले आरोप लगाएको छ ।

आइतबार महासंघले एक प्रेस विज्ञप्ति जारी गरी सिमेन्टमा बढाइएको मूल्य तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

‘सिमेन्ट उत्पादनसँग सम्बन्धित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि उद्योगीले कार्टेलिङ गरी सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपैयाँभन्दा बढी बढाएकामा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कार्टेलिङ गरी मूल्य बढाइनु दण्डनीय अपराध भएको आरोप पनि महासंघले लगाएको छ ।

विगतमा पनि कार्टेलिङ गरी पटक-पटक मूल्य वृद्धि हुँदा पूर्वाधार खर्च बढ्न नसकेको र सरकारका सार्वजनिक निकायलाई नै आर्थिक बोझ थपिएको महासंघको दाबी छ ।

सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल खारेज गरी उपभोक्तालाई राहत दिन महासंघले सरकारसँग माग पनि गरेको छ ।

सिमेन्ट उद्योगीले भने मूल्य नबढाइएको दाबी गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले सिमेन्टको मूल्य नबढेको बताए ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?