Comments Add Comment

१३ औं साग

List Grid
सागमा स्वर्ण विजेता काजल र देविका गृहगाउँमा सम्मानित

१० पुस, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा सहभागी भइ स्वर्ण पदक विजेता दुई खेलाडी आफ्नै गृहगाउँमा सम्मानित भएका छन् । तेक्वान्दोकी काजल श्रेष्ठ र जुडोकी देविका खड्का गृह गाउँमा सम्मानित भएका हुन् । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले दुवै खेलाडीहरुलाई बुधबार नगद ५० हजारसहित सम्मान गरेको हो । स्वर्ण पदक विजेता काजल श्रेष्ठ […]

म्याथ्यु डंकान, जसले १३ औं सागमा जिते ७ स्वर्ण

२५ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मंगलबार सकिएको छ । नेपालले कूल ५१ स्वर्ण जित्दै लक्ष्य पूरा गर्दा पौडीकी गौरिका सिंहले ४ स्वर्ण जितिन् । नेपालको लागि यो कीर्तिमान हो । धेरैले नेपाल र गौरिकाको स्वर्णलाई मात्र ध्यान दिए । तर १३ औं सागमै श्रीलंकन एक पौडीबाज एक्लैले ७ स्वर्ण जिते । धेरैले […]

सागमा पदक जितेका नेपाली खेलाडीलाई प्रधानमन्त्रीले भेटेर बधाई दिँदै, पुरस्कार घोषणाको तयारी

२५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र  पदाधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर बधाई दिने भएका छन् । भेटघाटका लागि उनीहरुलाई प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारस्थित निवासमा बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटघाटको लागि दिउँसो सवा २ बजेको समय निर्धारण गरिएको छ । सो अवसरमा […]

तरुण दलको माग- सागका स्वर्ण विजेतालाई २५ लाख देऊ, खेलकुद मन्त्रीलाई बर्खास्त गर

२५ मंसिर, काठमाडौं । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ । यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलको माग छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले […]

बास्केटबलमा नेपालको पुरुष टिमलाई कास्य

२४ मंसिर, काठमाडौं । नेपाली पुरुष बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेको छ । बंगलादेशसंग समूह चरणमा ब्यहोरेको हारको बदला लिँदै नेपालले मंगलाबर कास्य पदकको लागि भएको खेल बङ्गलादेशलाई ८१–५९ को फराकिलो अन्तरले पराजित गर्‍यो । समूह ए को खेलमा नेपाल बङ्गलादेशसंग ६७–६१ ले पराजित भएको थियो । नेपालको जितमा […]

रंगशालामा कुटिए दर्शक

२४ मंसिर, काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो । उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी […]

स्वर्ण जित्न नसकेकोमा सधैं पछुतो लागिरहनेछ !

२४ मंसिर, पोखरा । साग सुरु हुनुभन्दा अघि उनले एउटा सपना बुनिन्, ‘१३ औं सागमा नेपाललाई स्वर्ण पदक दिलाउँछु र राष्ट्रिय टिमको कप्तानीबाट सन्यास लिन्छु ।’ त्यही सपनाअनुसार आफू र सिंगो टिमलाई तयार पारिन् । ३० वर्षीय फुटबलर निरु थापाको कप्तानीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलंका र माल्दिभ्सलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय […]

‘स्वर्णको लक्ष्य पूरा नभएपछि राजीनामा दिएँ’

२४ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा स्वर्ण जित्ने नेपालको सपना यो पटक पनि अधुरै रह्यो । तेस्रो पटक पनि भारतसँग हारेपछि मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिए । ‘मेरो टार्गेट भनेकै गोल्ड मेडल थियो,’ खेलपश्चात उनले भनेका थिए, ‘टार्गेट पूरा गर्न नसक्दा जिम्मेवारीमा बसिरहनु उपयुक्त ठानिनँ ।’ तर […]

साग फुटबलको नालीबेली : कुन संस्करण कसको पोल्टामा ?

२४ मंसिर, काठमाडौं । सन् १९८४ मा नेपालबाटै सुरु साग (त्यतिबेला साफ गेम्स नाम दिइएको) मा नेपालले फुटबलमा स्वर्ण जितेको थियो । त्यसपछि सागको ३५ वर्षे इतिहासमा नेपालले थप दुई पटक स्वर्ण जितेको छ । यहीबीचमा पाकिस्तानले सर्वाधिक चार पटक साग फुटबलमा स्वर्ण जितेको छ । सन् २०१६ मा भारतमा भएको पछिल्लो संस्करणमा भने पाकिस्तानले […]

१३ औं साग आज सकिँदै, पुरुष फुटबल फाइनलपछि समापन कार्यक्रम

२४ मंसिर, काठमाडौं । पुरुष फुटबलको फाइनलसँगै दक्षिण एसियाली खेलुकद (साग) को तेह्रौं संस्करण आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु साग आज दशौं दिन समापन हुन लागेको हो । १३ औं सागअन्तर्गत आज विभिन्न खेलका फाइनल खेलहरू हुनेछन् । जसमा पुरुष फुटबलको फाइनल खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ । स्वर्णका […]

हल्चोकमा नेपाल र भारतको कबड्डी कबड्डी

२३ मंसिर, काठमाडौं । १३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबड्डी मा नेपाली महिला टोलीले रजत पदक जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा सोमबार भएको फाइनल खेलमा नेपाली महिला टोली भारतसँग १३-५० ले पराजित हुँदै रजत पदकमा सीमित भएको हो ।

मिनुले रचिन् बक्सिङमा पहिलो स्वर्णको कीर्तिमान

२३ मंसिर, काठमाडौं । नेपाली मिनु गुरुङले १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा स्वर्ण जितेकी छन् । यससँगै उनी सागमा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला बक्सर बनेकी छन् । साथै सागमा बक्सिङबाट नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका […]

बक्सर भूपेन्द्रको ‘सरप्राइज’ स्वर्ण

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङको ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका भुपेन्द्र थापा शनिबार नै फाइनलमा पुगिसकेका थिए । तर उनले आफू स्वर्ण पदकनजिक पुगेको परिवारका सदस्यहरुलाई सुइँको पनि दिएनन् । यसअघि अन्तर्राष्ट्रिय थप्रै प्रतियोगितामा फाइनल पुगेका उनले कहिल्यै स्वर्ण चुम्न पाएका थिएनन् । प्रतिद्वन्द्वीबाट कुटाइ खाएर आएको […]

गौरिकाको कीर्तिमान : चार स्वर्णसहित ९ पदक

२३ मंसिर, काठमाडौं । जलपरी गौरिका सिंहले सोमबार आफ्नो अन्तिम व्यक्तिगत इभेन्टमा प्रतिस्पर्धा गर्नुअघि सबैले सोचेका थिए स्वर्ण नै जित्छिन् । तर १०० मिटर फ्री स्टायलमा हिट चरणमा उन टाइमिङ राम्रो थिएन । गौरिका १ मिनेट ००.२१ सेकेण्डसहित तेस्रो स्थानमा थिइन् । पहिलो भएकी भारतकी शिभांगी सिंहले ५८.६६ सेकेण्डको समय निकालेकी थिइन् । भारतकै अन्नी […]

सागमा नेपाली क्रिकेटको कमजोरी छताछुल्ल

२३ मंसिर, काठमाडौं । १३ औं सागमा नेपाली क्रिकेट टिमले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक प्राप्त गर्‍यो । तर समग्रमा नेपालको प्रदर्शन सन्तोषजनक रहेन । सागको पुरुष क्रिकेटमा दुई बलिया टोली भारत र पाकिस्तानले प्रतियोगितामा सहभागिता नै जनाएनन् । बाँकी नेपालसँगै श्रीलंका, बंगलादेशको यू-२३ टिम तथा भुटान र माल्दिभ्सको टिम रहृयो । र, नेपालको […]

बक्सिङमा नेपालकी ललिता स्वर्णबाट चुकिन्

२३ मंसिर, काठमाडौं । १३औं सागको बक्सिङमा नेपालकी ललिता मर्हजन स्वर्णबाट चुकेकी छन् । महर्जन सोमबार भएको ४८ केजी तौल समूहको फाइनलमा भारतकी कलाइभानी श्रीनिवासनसँग पराजित भएकी हुन् । यससँगै उनले रजत पदकमा चित्त बुझाएकी छन् ।

‘आफैंले स्वर्ण जितेजस्तो भयो’

२३ मंसिर, काठमाडौं । मंगलबार काजल श्रेष्ठ तेक्वान्दोको रिंगमा उत्रिनुअघि हतास थिइन् । भारतीय खेलाडीलाई सेमिफाइनलबाटै घर पठाउँदा पनि आत्मविश्वास आइसकेको थिएन । फाइनलमा पाकिस्तानी खेलाडीको सामना गर्न डर मानिरहेकी थिइन् । उनी डराउनुका दुईवटा कारण थिए । पहिलो, उनको दुवै खुट्टाको जोर्नी अभ्यासको क्रममा नमज्जाले ‘फ्याक्चर’ भएको थियो । दोस्रो, पाकिस्तानी खेलाडी उनीभन्दा अग्ली […]

महिला क्रिकेट प्रशिक्षक भन्छन् : एक्स्पोजर पाए पो सुधार आउँछ

२२ मंसिर, पोखरा । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला क्रिकेट टोलीले स्वर्ण पदकको लक्ष्य लिएको थियो । क्रिकेटको शक्तिराष्ट्र मानिने भारत र पाकिस्तान अनुपस्थित रहने भएकाले नेपालले स्वर्णको आशा राख्नु अस्वभाविक पनि थिएन । तर, नेपालले अन्ततः कास्यपदकमा चित्त बुझाउनु परेको छ । टेस्ट मान्यताप्राप्त अन्य दुई राष्ट्र बंगलादेश र श्रीलंकालाई […]

‘तीनपटक सिलाएको जुत्ताले साग खेलेँ’

२२ मंसिर, पोखरा । एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब एक वर्ष पहिले उनै गुरुबाट त्यो जुत्ता नेपालकी बलवान महिला तारादेवी पुनले उपहार पाइन् ।  त्यही जुत्ता लगाएर १३ औं सागको भारोत्तोलनमा पुनले काश्य जितेकी छिन् । […]

फुटबलमा फाइनल पुग्न नेपाल र बंगलादेश भिड्दै, नेपालले बराबरी खेले पुग्ने

२२ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ । फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ बंगलादेशले भने फाइनल पुग्ने जित्नैपर्ने छ । […]

१३ औं सागमा आजदेखि जुडो शुरु हुँदै

२२ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले स्वर्ण अपेक्षा गरेको खेल जुडोको प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुने जुडोमा केही खेलको स्वर्ण छिनोफानो हुनेछ । जुडोमा महिलातर्फ ४८ केजी मुनि, ५२ केजी मुनि, ५७ केजी मुनि र ६३ केजी मुनि समूहमा प्रतिस्पर्धा हुनेछ […]